२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘संविधान कार्यान्वयन, सङ्घीयता सवलीकरण र नागरिकमैत्री शासन सरकारको प्राथमिकता हुनुपर्छ’



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभाका सांसदहरुले संविधान कार्यान्वयन, सङ्घीयता सवलीकरण र नागरिकमैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा जोड दिनुभएको छ । सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३÷८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै संशोधनकर्ता सांसदहरुले अर्थतन्त्र सुधार र सुशासन प्रवद्र्धनमार्फत आर्थिक, सामाजिक रुपान्तरणको योजना बनाउन सरकारलाई सुझाव दिनुभयो ।

उहाँहरुले सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता हुनुपर्ने बताउनुभयो । सांसदहरुले नीति तथा कार्यक्रममा समावेश गरिएका डिजिल पूर्वाधार विकास, सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय उद्योगका रुपमा प्रवद्र्धन गर्ने, आयोजना प्रमुखलाई जिम्मेवारीपूर्ण उत्तरदायी निर्धारण गर्ने विषय सकारात्मक रहेको बताउनुभयो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले ऊर्जा, पर्यटन, कृषि क्षेत्रको प्रवद्र्धनमार्फत समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै सामाजिक, आर्थिक रुपान्तरणमा ध्यान दिन आग्रह गर्नुभयो ।

नेकपाकै सांसद प्रेमबहादुर वयकले किसानलाई मल, बिउबिजन, अपाङ्गता भएका नागरिकलाई सहुलियत तथा सङ्क्रमणकालीन न्याय निरुपणको विषय नीति तथा कार्यक्रममा समावेश गर्न आग्रह गर्नुभयो । सोही पार्टीका सांसद जोगकुमार बरबरिया यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै जनअपेक्षा सम्बोधन गर्नेगरी नीति कार्यक्रम संशोधन गर्न सुझाव दिनुभयो । नेकपा सांसद गोपाल शर्माले जनअपेक्षाअुनसार सरकारको नीति तथा कार्यक्रम आउन नसकेको सार्वजनिक टिप्पणीलाई स्वीकार गर्दै परिमार्जन गर्न आग्रह गर्नुभयो ।

सोही पार्टीका सांसद रमेशकुमार मल्लले जलवायु पविर्तनको नकारात्मक असर कम गर्ने योजना तथा सरकारको सय बुँदे कार्यसूचीलाई नीति तथा कार्यक्रमले नजरअन्दाज गरेको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद गुरुप्रसाद बरालले लगानीमैत्री वतावरण बनाएर स्वदेशी तथा विदेशी लगानी प्रोत्साहित गर्न तथा औद्योगिक सुरक्षा बलको आवश्यकतालाई सम्बोधन गर्न आग्रह गर्नुभयो । सोही पार्टीका सांसद साजिदा खातुन सिद्धिकीले आधारभूत शिक्षा अनिवार्य तथा माध्यमिक शिक्षा निःशुल्क पाउने शिक्षासम्बन्धी हक कार्यान्वयनको योजना बनाउन सुझाव दिनुभयो ।

एमाले सांसद रिङ्गला यादवले विपन्न, गरिब र असहाय वर्गका लागि लक्षित गरेर बजेट ल्याउन तथा समावेशी नीतिलाई थप परिस्कृत बनाउन आग्रह गर्नुभयो । सोही पार्टीका सांसद मोहम्मद इश्तियाक राईले बर्सेनि मल अभाव हुने अवस्था आगमी आवको बजेटले अन्त्य गर्नुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका सांसद सन्दिप रानाले प्राकृतिक स्रोतको संरक्षण र पर्यटन प्रवद्र्धनमा ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो । सोही पार्टीका सांसद नरेन्द्रकुमार केरुङले तमोरलगायत जलाशययुक्त जलविद्युत् आयोजना निर्माणको योजना अघि बढाउन माग गर्नुभयो ।

कांग्रेस सांसद योगेश गौचन थकालीले सूचना प्रविधि दशक कार्यान्वयनको स्पष्ट योजना बनाउन सरकारलाई सुझाव दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद चन्देश्वर मण्डलले विपन्न, गरिब र सीमान्तृकत समुदायको आर्थिक उपार्जनका लागि नीति कार्यक्रममा समावेश गरिनुपर्ने बताउनुभयो । संशोधनकर्ता सांसदहरुले आफ्नो संशोधन राख्नेक्रम समाप्त भएसँगै प्रतिनिधिसभामा दलीय आधारमा नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ ।