७ श्रावण २०८३, बिहीबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री र सरकार संसदप्रति उत्तरदायी हुनुपर्छः उपनेता अर्याल



अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकार र प्रधानमन्त्री संसदप्रति पूर्ण रूपमा उत्तरदायी र जवाफदेही हुनुपर्नेमा जोड दिनुभएको छ ।

बिहीवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अर्यालले सरकार निर्माणको मुख्य थलो संसद नै भएकाले सरकारले यसको गरिमा र उत्तरदायित्वलाई बिर्सन नहुने बताउनुभएको हो ।

उपनेता अर्यालले विगतका प्रधानमन्त्रीहरूले संसदमा आफैँ समय माग गरेर महत्वपूर्ण विषय र घटनाक्रमबारे जानकारी गराउने परम्परा रहेको स्मरण गराउँदै वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

विशेष गरी सरकारको वार्षिक नीति तथा कार्यक्रम जस्तो महत्वपूर्ण विषयमा प्रधानमन्त्रीको उपस्थिति र सहभागिता अनिवार्य हुनुपर्ने उहाँको तर्क थियो । उहाँले नीति तथा कार्यक्रमलाई अझ परिष्कृत बनाउन सरकारले संसदीय छलफललाई महत्व दिनुपर्ने उल्लेख गर्नुभयो ।

संसदीय अभ्यासमा छलफलबाट भाग्ने, प्रश्नको सामना नगर्ने र संसदलाई बेवास्ता गर्ने व्यवहार शोभनीय नहुने बताउँदै उहाँले यस्तो प्रवृत्ति लोकतान्त्रिक प्रक्रियाभित्र नपर्ने स्पष्ट पार्नुभयो । आफूलाई निर्माण गर्ने संस्था (संसद) प्रति जिम्मेवार बन्न र सरकारको एक वर्षे मार्गचित्रका रूपमा रहेको नीति तथा कार्यक्रमलाई गहन छलफलमार्फत पूर्णता दिन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।