२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड



अ+ अ-

काठमाडाैँ । मधेस प्रदेशसभाका सभामुख रामआशिष यादवले कुपोषण न्यूनीकरण तथा मातृशिशु स्वास्थ्य सुधारका लागि प्रदेश सरकार, स्थानीय तह र सरोकार भएका निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभएको छ ।

स्वास्थ्य निर्देशनालयद्वारा लालगढमा आज आयोजित तीनदिने ‘प्रदेशस्तरीय पोषण नीति संवाद तथा शिखर सम्मेलनको समापन गर्दै उहाँले पोषण केवल स्वास्थ्य क्षेत्रसँग मात्र सीमित नभई शिक्षा, कृषि, खानेपानी, सरसफाइ तथा सामाजिक चेतनासँग जोडिएको विषय हो भन्नुभयो ।

उहाँले मधेश प्रदेशमा अझै पनि बालबालिका तथा महिलामा कुपोषणको समस्या चुनौतीका रूपमा रहेको भन्दै त्यसलाई घटाउन दीर्घकालीन नीति, व्यावहारिक योजना तथा प्रभावकारी कार्यान्वयन अपरिहार्य भएकामा जोड दिनुभयो । मधेस प्रदेशसभाको महिला, बालबालिका तथा सामाजिक न्याय समितिकी सभापति रूपाकुमारी यादवले महिलाको स्वास्थ्य, बालअधिकार तथा पोषण सुरक्षालाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने बताउनुभयो ।

उहाँले ग्रामीण तथा विपन्न समुदायमा अझै पनि पोषणसम्बन्धी चेतनाको अभाव देखिएको भन्दै स्थानीय तहसँग सहकार्य गरेर चेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. प्रमोद यादवले पोषण तथा जनसङ्ख्याबीच प्रत्यक्ष सम्बन्ध रहेको बताउँदै जनसङ्ख्या वृद्धि, गरिबी, अशिक्षा तथा असन्तुलित खानपानका कारण कुपोषणको समस्या चुनौती बनेको विचार व्यक्त गर्नुभयो ।

सम्मेलनमा पोषण, मातृ तथा शिशु स्वास्थ्य, किशोरी पोषण, जनसङ्ख्या अवस्था, खाद्य सुरक्षा तथा पोषणमैत्री नीति कार्यान्वयनलगायत विषयमा पाँच वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।