४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

केयुकेएलको बदमासी: धारामा पानी छैन, बिल ३० हजार

केयुकेएलको बदमासी: धारामा पानी छैन, बिल ३० हजार
अ+ अ-

काठमाडौं: राजधानीमा धेरै घरपरिवारको एउटै गुनासो हुन्छ, धारामा खानेपानी आउन्न, बिल भने बढी उठ्छ । अझ, गुनासो सुन्ने र जवाफ दिने भरपर्दो व्यवस्था काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) सँग पनि छैन ।

खानेपानीका उपभोक्ताका घरमा जडान गरिएका मिटरको राम्रोसँग जाँच नगर्ने, मिटर बिग्रेको अवस्थामा मर्मतका बारेमा सही जानकारी नदिने, बिलका बारेमा गुनासो गर्दा झर्कोफर्को गर्ने प्रवृत्तिबाट आम उपभोक्ता आजित छन् ।

यही प्रवृत्तिको शिकार एक जना उपभोक्ता पर्नु भएको छ । उहाँको धारामा पनि करिब १८ वर्षदेखि पानी आएको थिएन, तर अहिले पटक पटक जरिवाना समेत जोडेर रु. ३० हजारको बिल थमाइएको छ ।

न्युजपोलारसँग गुनासो गर्दै वसन्त गौतम पराजुलीले भन्नुभयो, “मिटर जाँचकी १० वर्षपछि यही वैशाख महिनामा देखा परे र नयाँ बिल थमाइदिए जबकी बिगतमै मिटर जाँच गर्दा नो वाटर सप्लाई भनी जनाइएको थियो । त्यस कुरालाई बेवास्ता गर्दै अहिले डेढ दशक अघिदेखिकै हिसाब गरेर बिल दिइयो । यो घोर अन्याय हो ।”

खानेपानी नआएको भन्दै पटक पटक खानेपानी कार्यालय महाँकालमा जानकारी गराउँदा आइहाल्छ भनी झुठ्ठा आश्वासन दिएको उहाँको भनाई छ । “मेलम्चीको पानी आउँछ भनी सातवर्ष अघि नै नयाँ मिटर जोडिए पनि पाइप बिछ्याउने काम सम्पन्न भैसकेपछि आउँछ भनियो, तर सयौंपटक ताकेदा गर्दा पनि अनेक बहानावाजी गरेर पानी दिइएन ।”

अझ, केयुकेएलका निर्देशकसँग सम्पर्क गर्दा किन दबाब दिएको भन्दै उल्टै क्रोधित बनेको उहाँको भनाई छ, “छिमेकका कतिपय घरमा पानी फालाफाल आइरहेको भए पनि आफ्नो लगायतका केही घरमा अझै पनि पानी आएको छैन ।”

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश कुमार राईले पानी नआए पनि अस्थायी रोक्का वा लगत कट्टा नहुँदासम्म न्यूनतम महशुल तिर्नुपर्ने व्यवस्था रहेको बताउनु भयो ।

उहाँले न्यूजपोलारसंग भन्नुभयो  “लगतमा रहँदासम्म शुल्क तिर्नुपर्ने हुन्छ । महशुल निर्धारण आयोगले शून्यदेखि १० युनिट वापतको न्युनतम शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ ।” यदि उपभोक्ताकोमा पानी आएको छैन भने मातहतको कार्यालयबाट अस्थायी रोक्का गराउनु पर्ने र रोक्काको निस्सा लिनुपर्ने उहाँले बताउनुभयो ।