४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

वालेनको बोली खोजिरहेको संसद

वालेनको बोली खोजिरहेको संसद
अ+ अ-

काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा रहेको संसद भवनले प्रधानमन्त्री वालेन्द्र शाह, वालेनको बोली खोजेको हिजोदेखि हो । तर पाएको छैन । अहिले मुलुकको संघीय संसदको बर्खे अधिवेशन चलिरहेको छ ।

गत सोमबार नेपाल सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरे राष्ट्रपति रामचन्द्र पौडेलले । र, हिजो उक्त नीति तथा कार्यक्रमका बारेको छलफल सकिएपछि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने संसदको कार्यसूची थियो ।

तर, त्यसका लागि प्रधानमन्त्री वालेन्द्र शाह तयार भएनन्, अर्थात् संसदमै गएनन् । उता विपक्षी दलहरुले भने निरन्तर रुपमा नै प्रधानमन्त्रीको उपस्थिति खोजिरहे । संसदमा प्रधानमन्त्री उपस्थित हुन माग गरिरहे । तर प्रधानमन्त्री सिंहदरबारमा त थिए, संसदसम्म पुगेनन् ।

हिजो बिहान ११ बजे प्रतिनिधिसभा र १२ बजे राष्ट्रिय सभाको बैठक निर्धारण गरिएको थियो । प्रतिनिधिसभाको कार्यसूचीमै प्रधानमन्त्रीले नेपाल सरकारको नीति तथा कार्यक्रममा जवाफ दिने भन्ने थियो । सोही अनुसार सभामुखले संसदको कार्यसूची अघि बढाए तर जवाफ भने प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने भनेर तय गरियो । त्यसपछि प्रतिपक्षी सबै दलले प्रधानमन्त्रीको उपस्थिति मागे ।

यता प्रधानमन्त्री शाहले भने १०ः३० बजे मन्त्रिपरिषदको बैठक आह्वान गरे । हिजोको मन्त्रिपरिषदको बैठकले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ बनाउने निर्णय पनि गर्यो र त्यो समाचार निकै चाँडै सार्वजनिक पनि गर्यो ।

तर उता हिजो प्रतिनिधिसभाको बैठक ३ पटक सम्म आह्वान भयो बस्न सकेन । विपक्षी दलहरुले संसदमा बोलेर र उठेरै विरोध गरिरहे । श्रम संस्कृति पार्टीले त बैठक नै बहिस्कार गर्यो । तर पनि प्रधानमन्त्री सिंहदरबारको प्रधानमन्त्री कार्यालयबाट त्यस्तै ३०० मीटर जति पर रहेको संसद भवनसम्म पुग्नै सकेनन् ।

यसैकारण हिजो बैठक स्थगित गरियो र आज बिहान ११ बजे बोलाइएको छ । हेरौँ, आज पनि नीति तथा कार्यक्रममा जवाफ प्रधानमन्त्रीले नै दिने कार्यसूची जारी भएको छ । हेरौँ, आज प्रधानमन्त्री उपस्थित हुन्छन्, हुँदैनन् । संसदले खोजिरहेको वालेनको बोली आज भेटिन्छ, भेटिँदैन ।