४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

संसदमा न्यायपालिका सम्बन्धी टिप्पणीप्रति नेपाल बार एसोसिएसनको आपत्ति, सभामुखको ध्यानाकर्षण

संसदमा न्यायपालिका सम्बन्धी टिप्पणीप्रति नेपाल बार एसोसिएसनको आपत्ति, सभामुखको ध्यानाकर्षण
अ+ अ-

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रतिनिधि सभाको बैठकमा सांसद गणेश पराजुलीले दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एसोसिएसनले सभामुख सभामुख डिपी अर्याललाई पत्र लेख्दै संविधान, शक्ति पृथकीकरण, विधिको शासन तथा स्वतन्त्र न्यायपालिकाको मर्मविपरीत हुने गतिविधिप्रति सचेत रहन आग्रह गरेको हो ।

नेपाल बार एसोसिएसनका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले हस्ताक्षर गरेको पत्रमा २०८३ वैशाख २९ गते सम्पन्न प्रतिनिधि सभाको बैठकमा सांसद पराजुलीले “प्रधान न्यायाधीशले सदनबाट दुई तिहाइ सरकारलाई लल्कारेको” भन्ने आशयको अभिव्यक्ति दिएको उल्लेख गरिएको छ ।

उक्त टिप्पणीले न्यायपालिका र संवैधानिक व्यवस्थाप्रति अनावश्यक सन्देश प्रवाह गरेको बारको भनाइ छ ।

पत्रमा संसदमा विचाराधीन विषय वा न्याय सम्पादनसँग सम्बन्धित विषयमा गरिने टिप्पणीले न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रतामाथि असर पार्न सक्ने उल्लेख गरिएको छ । बारले संविधानको धारा १०५ अनुसार संघीय संसद्को कुनै पनि सदनमा अदालतमा विचाराधीन मुद्दाबारे छलफल गर्न नमिल्ने व्यवस्था रहेको स्मरण गराएको छ ।

नेपाल बार एसोसिएसनले विगतका सर्वोच्च अदालतका फैसलाहरूले समेत संसदबाट न्यायिक विषयमा गरिने टिप्पणी सीमित हुनुपर्ने सिद्धान्त स्थापित गरिसकेको उल्लेख गरेको छ । यस सन्दर्भमा संसदमा भएका अभिव्यक्तिले न्यायपालिकामाथि अनावश्यक दबाब सिर्जना गर्ने खतरा रहेको भन्दै यस्ता टिप्पणी दोहोरिन नदिन सभामुखको ध्यानाकर्षण गराइएको हो ।

एसोसिएसनले संविधान, लोकतन्त्र, मानवअधिकार, विधिको शासन तथा स्वतन्त्र न्यायपालिकाको संरक्षणका लागि आफू निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै संसदको गरिमा र संवैधानिक मर्यादा कायम राख्न सभामुखबाट आवश्यक पहल हुने विश्वास व्यक्त गरेको छ ।

Screenshot