२९ श्रावण २०८३, शुक्रबार
,
Latest
शङ्खरापुर नगरपालिकाको वार्षिक प्रगति ७७ प्रतिशत : २१४ सडक–पुल पूर्वाधार सम्पन्न आँधीखोलाले बगाएका युवक मृत अवस्थामा फेला हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, व्यवसायीलाई खेती गर्न उद्योगमन्त्री यादवको आह्वान सरकारी सूचना प्रवाहलाई चुस्त तुल्याउन सम्पादकहरूको सुझाव ‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’ ‘ब्याट्री व्यवस्थापनमा सवारी आयातकर्ताले अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गर्नुपर्छ‘ ईभीको ब्याट्री दर्ता र ट्याक गर्ने सिस्टम आवश्यक छ: सुरेश श्रेष्ठ स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी ब्याट्री रिसाइक्लिङ आयातकर्ताले मात्रै गर्न सक्दैनन, छुट्टै कम्पनीमार्फत गर्नुपर्छ:आकाश गोल्छा प्रहरी अनुसन्धान र हिरासत व्यवस्थापनलाई सुदृढ बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेतृत्वले सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्छः डा. महत



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको वर्तमान नेतृत्वले सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

वागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले पार्टी एकताका लागि नेतृत्वलाई थप जिम्मेवार बन्न आग्रह गर्नुभएको हो । नेता महतले आफूहरू पार्टीमा कुनै पनि किसिमको विग्रह नचाहने र सदैव एकताको पक्षमा रहेको स्पष्ट पार्नुभयो ।

डा. महतले एक पक्षले मात्र निर्वाचित गरेको आधारमा नेतृत्वले स्वेच्छाचारी ढंगले चल्न नहुने उहाँको तर्क छ । पार्टीलाई व्यक्ति नभई संस्थाका रूपमा बलियो बनाउने अभियानमा आफूहरू लागेको बताउँदै उहाँले कुनैपनि दुविधामा नपर्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । पार्टी विभाजन गर्ने आफूहरूको कुनै मनसाय नरहेको स्पष्ट पार्दै उहाँले एकताका लागि नेतृत्वले निश्चित आधार तय गर्नुपर्ने र ती आधारप्रति गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

१५ औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सहमतिको ‘साझा संयन्त्र’ निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।