६ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक वैदेशिक रोजगारीः ठगीको अभियोगमा चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने, मिति तोक्ने आधार र अधिकार मैले देखेका छैनः सभामुख अर्याल



अ+ अ-

काठमाडाैँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आफू प्रधानमन्त्री बालेन्द्र साहलाई संसदको बैठकमा उपस्थितिका लागि मिति तोक्ने कुनै अधिकार नभएको बताउनुभएको छ ।

विपक्ष दलका सांसदहरुले प्रधानमन्त्रीलाई सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग उपस्थित गराउनका लागि रुलिङ गर्न विपक्ष दलका सांसदहरुले माग गरेपछि उहाँले सो कुरा प्रष्ट्याउनुभएको हो । सभामुख अर्यालले कुनैपनि सांसदहरुलाई सभामा उपस्थितिका लागि कार्यतालिका तोक्ने अधिकार र आधार आफूसँग नभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,‘हामी कानून निर्माणको थलोमा छौ । हामी त्यही कानूनमा टेकेर सभा सञ्चालन गरिहेका छौ । हामी त्यसैमा टेकेर सदन संचालन गर्न चाहन्छौँ । तर अहिले माननीय सदस्यहरुले के प्रश्न गरिरहनुभएको छ भने सम्माननीय प्रधानमन्त्री आउने सुनिश्चितता गर्नु प¥यो भनेर । म माननीय सदस्यहरुलाई आगामी दिनपनि कोही पनि माननीय सदस्यज्युहरुको सम्माननीय प्रधानमन्त्रीज्युको मात्रै होइन, कोही पनि माननीय सदस्यज्यूहरु भोली यो सदनमा आउन सक्नु हुन्छ वा सक्नु हुन्न भनेर आज नै सभामुखले उहाँ सदस्यको भोलीसम्मको कार्यतालिका सोध्न सक्नेकुनै आधार अधिकार मैले देख्दिन ।’

सभामुख अर्यालले आफूले आजको बैठक सुचारु गराउन विपक्ष दलका सांसदहरुलाईं आग्रह गर्दै सभामा उपस्थितिका लागि आजै बेलुका प्रधानमन्त्री साहसँग आफूले छलफल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । प्रतिनिधि सभाको बैठक पुनः १५ मिनेटका लागि स्थगित भएको छ ।