८ भाद्र २०८३, सोमबार
,
Latest
गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री उपस्थित नभएसम्म सदन चल्न नदिने सांसद श्रेष्ठको चेतावनी



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग गर्नुभएको छ ।

बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद श्रेष्ठले प्रधानमन्त्री उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएसम्म सदनको कारबाही अघि बढ्न नदिने चेतावनी दिनुभयो ।

उहाँले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन र सुझाव राख्ने कार्यक्रम रहेको उल्लेख गर्दै यो विषय देश र जनताको भविष्यसँग प्रत्यक्ष जोडिएको बताउनुभयो । त्यसैले सरकार प्रमुखका हैसियतले प्रधानमन्त्रीले सांसदहरूको सुझाव सुन्नुका साथै उठेका प्रश्नमा स्पष्ट जवाफ दिनुपर्ने उहाँको भनाइ थियो ।

सांसद श्रेष्ठले भन्नुभयो, “सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम कुनै एउटा दलको मात्र विषय होइन । यो प्रतिनिधिसभाका २७५ जना सदस्य र राष्ट्रियसभाका सांसदहरूको मर्यादासँग जोडिएको विषय हो । ३ करोड नेपाली जनताको वर्षभरिको मार्गचित्र भएकाले यसमा गरिने सुधार र निर्देशनबारे प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्छ ।”

उहाँले गत वैशाख २८ गते राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बीचमै बाहिरिएको घटनाप्रति पनि असन्तुष्टि जनाउनुभयो । आफ्नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्रीले पूर्ण समय नदिएको भन्दै श्रेष्ठले त्यसलाई अमर्यादित कार्यको संज्ञा दिनुभयो ।

सांसद श्रेष्ठले आज हुने छलफलमा प्रधानमन्त्रीको अनिवार्य उपस्थितिको मागसमेत गर्नुभएको छ ।