५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभामा काँग्रेसको प्रश्नः प्रधानमन्त्रीले अपनत्व नै नलिएको नीति तथा कार्यक्रममाथि छलफल किन गर्ने ?



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसले सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रधानमन्त्रीले अपनत्व नलिएको आरोप लगाएको छ ।

बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा काँग्रेस राष्ट्रिय सभाका सचेतक पदम परियारले राष्ट्रिपतिले प्रधानमन्त्रीले अपनत्व नलिएको नीति तथा कार्यक्रममाथी छलफल गर्ने कि नगर्ने भन्ने प्रश्न उठेको बताउनु भयो । राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रश्तुत गरिरहँदा प्रधानमन्त्री संसद छाडेर निस्किनुभएको थियो । उक्त घटनालाई विपक्षी दलहरुले असंवैधानिक र अमर्यादित हर्कत भएको भनी आलोचना गरिरहेका छन् ।

परियारले राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला देखिएको असंसदीय, अधैर्य, अशिष्ट र अमर्यादित व्यवहारले लोकतान्त्रिक मूल्य र संसदीय संस्कारमाथि ठूलो प्रहार भएको बताउनु भयो । नेपालको संसदीय इतिहासमै पहिलो पटक यस्तो प्रकारको व्यवहार देखिएको उल्लेख गर्दै उहाँले लोकतन्त्रप्रति आस्था राख्ने नागरिकहरू दुखित भएको बताउनु भयो ।

उहाँले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गरिरहँदा सांसदहरू मनोमानी ढंगले उठेर हिँड्ने प्रवृत्तिले संसदीय अभ्यास र मर्यादामाथि प्रश्न उठाएको बताउनुभयो । यस्तो खालको असंसदीय व्यवहार सहन नसकिने उल्लेख गर्दै उहाँले प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने बताउनु भयो ।

परियारले प्रधानमन्त्रीले नै अपनत्व नलिएको अवस्थामा संसदमा नीति तथा कार्यक्रममाथि छलफल गर्नुको औचित्य के हो भन्दै सरकारसँग जवाफ माग गर्नुभयो । यस विषयमा सभामुखबाट रुलिङ हुनुपर्ने उहाँको माग छ ।