४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

कार्यालयमै प्रहरी पुगेर व्यवसायीलाई मन्त्रालय लैजानु अस्वभाविकः व्यवसायी शर्मा

कार्यालयमै प्रहरी पुगेर व्यवसायीलाई मन्त्रालय लैजानु अस्वभाविकः व्यवसायी शर्मा
अ+ अ-

काठमाडौँ: निर्माण व्यवसायी रमेश शर्मा सोमवार बिहान १० बजे काठमाडौँको सीतापाइलास्थित आफ्नै कार्यालयमा हुनुहुन्थ्यो । निर्माण कम्पनी–शर्मा एण्ड कम्पनीका सञ्चालक रहेका उहाँलाई त्यही बेला उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा तीन जना प्रहरीको टोली लिन आयो र भन्यो, ‘तपाईंलाई लिएर आउनू भन्ने मन्त्रीको आदेश छ । शहरी विकास मन्त्रालयमा जानुप¥यो ।’

शर्माले प्रहरीको आग्रह मान्दै सिंहदरबार जानुभयो । कार्यालयमै प्रहरी पुगेर शर्मा पक्राउ परेको खबर एकएक फैलियो । जसकारण निर्माण व्यवसायी वृत्तमा एकाएक तरंग फैलियो । शर्मा र अर्का निर्माण व्यवसायी पीताम्बर बडूलाई ‘पक्राउ गरिएको’ समाचार बाहिरिए ।

घटनाबारे प्रतिक्रिया दिँदै निर्माण व्यवसायी रमेश शर्माले आफूलाई पक्राउको शैलीमा नभई ‘मिटिङका लागि’ मन्त्रालय लगिएको दाबी गर्नुभयो । उहाँकाअनुसार केही फोनको जवाफ नदिएको भन्दै प्रहरी टोली कार्यालय पुगेको थियो ।

‘मलाई केही फोनहरू आउँदा रेस्पोन्स हुन सकेनछ । त्यसपछि ‘मिटिङमा लिन आएको’ भनेर लगियो र शहरी विकास मन्त्रालयमा ह्यान्डओभर गरियो,’ शर्माले भन्नुभयो ।

उहाँले प्रहरी टोलीले सभ्य व्यवहार गरेको दाबी गरे पनि कार्यालयमै प्रहरी पुगेर व्यवसायीलाई मन्त्रालय लैजानु अस्वाभाविक भएको बताउनु भयो ।

‘पहिला मैले पुर्जी–सुर्जी के छ भनेर सोधेँ । उहाँहरूले ‘मन्त्रालयमा ह्यान्डओभर मात्रै हो’ भन्नुभयो,’ उहाँले भन्नुभयो ।

शर्माकाअनुसार उक्त दिनको मुख्य छलफल नौबिसे–मुग्लिन सडक आयोजनाबारे छलफल भयो । बैठकमा निर्माण सामग्रीको अभाव, डिजेल र बिटुमिनको मूल्यवृद्धि तथा नदीजन्य सामग्री उत्खननमा देखिएका समस्याबारे सरकारसँग छलफल भएको उहाँले बताउनु भयो । हाल बिटुमिन आयातमा समस्या रहेको र मूल्य अत्यधिक बढेको शर्माले बताउनु भयो  ।

‘मुख्य छलफल नौबिसे–मुग्लिन सडकबारे भएको थियो। हामीले पनि त्यहाँका समस्याबारे कुरा राखे । अहिले त्यो क्षेत्रमा स्थानीय सामग्री उठाउन पाइएको छैन । विशेषगरी नदी दोहन रोक्ने लगायतका विषयका कारण समस्या भएको छ । नियमअनुसार ईआईए  गरेर, सरकारी राजस्व तिरेर अन्य क्रसर उद्योगले सामग्री उठाउन पाउँछन् भने हामीले पनि त्यो अवसर पाउनुप¥यो भन्ने कुरा राखेँ,’ उहाँले भन्नुभयो ।

भन्नुभयो,‘अहिले नेपालमा बिटुमिन ल्याउन निकै गाह्रो भएको छ । मैले सरकारलाई जी–टु–जी माध्यमबाट भए पनि बिटुमिन आयातलाई केही सहज बनाइदिन आग्रह गरे ।  अहिले अत्यधिक मूल्यवृद्धि भएको छ । गल्फ वारभन्दा अघि बिटुमिनको मूल्य ८५–९० थियो भने अहिले १९० पुगेको छ । त्यस्तै डिजेल १३५–१३७ बाट २३७ रुपैँया पुगेको छ । यी दुवैको प्रभावले निर्माण व्यवसायीहरू पनि नडुबून् र देशको पूर्वाधार निर्माण पनि नरोकियोस् भन्ने कुरा रह्यो ।’

शर्माले निर्माण व्यवसायी महासंघले सरकारसँग संयुक्त रूपमा समाधान खोज्न आग्रह गरेको बताउँदा सरकारले नसुनेको बताउँदै प्रहरी लगाएर व्यवसायी उठाएर लैजानु गलत भएको बताउनु हुन्छ । उहाँकाअनुसार सरकारले पनि विकास निर्माणको काम छिटो अघि बढाउन व्यवसायीहरूसँग सहकार्य चाहेको सोमबारको छलफलमा सन्देश दिएको थियो ।

सरकारको ढुकढुकी पूर्वाधार समयमा बनोस् भन्ने रहेको आफूले पाएको बताउँदै शर्माले त्यसमा होस्टेमा हैंसे गर्न तयार रहेको बताउनु भयो ।

सरकारले पक्राउ गरेर हिरासतमा राखेको भन्ने हल्ला फैलिएका बेला शर्माले भने त्यसलाई इन्कार गर्नुभएको छ । उहाँले आफूलाई हिरासतमा नराखिएको स्पष्ट पार्नुभयो ।–न्युज एजेन्सी नेपाल