२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ महाधिवेशनः नयाँ नेतृत्वका लागि मतदान शुरु



अ+ अ-

काठमाडाैँ । देशभरका यातायात व्यवसायीहरूको छाता संगठन ‘नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ’ को नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया शुरु भएको छ ।

पोखरामा जारी महासंघको सातौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बुधवार बिहान ७ बजेदेखि मतदान कार्य प्रारम्भ भएको हो । महासंघका उपमहासचिव पुरुषोत्तम सिंखडाकाअनुसार आगामी तीन वर्षको कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न मतदान शुरु गरिएको हो । यस महाधिवेशनमा देशभरका १ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरूले मतदान गर्दैछन् ।

मतदान प्रक्रियालाई सहज र छिटो बनाउन विद्युतीय माध्यम (इलेक्ट्रोनिक भोटिङ मेसिन) को प्रयोग गरिएको महासंघले जनाएको छ । महासंघको अध्यक्ष पदका लागि पुण्यप्रसाद सिटौला र हरिशरण केसी मुख्य प्रतिष्पर्धीका रूपमा चुनावी मैदानमा छन्।

अध्यक्षका उम्मेदवार सिटौला महासंघको वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष छन् । उनकाे उम्मेदवारीको प्रश्तावकमा महासंघका बहालवाला अध्यक्ष विजयबहादुर स्वाँर र समर्थकमा निःवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहकार योगेन्द्रनाथ कर्माचार्य रहेका छन्। गत आईतवारदेखि शुरु भएको यस महाधिवेशनले आगामी तीन वर्षका लागि महासंघको नयाँ कार्यसमिति चयन गर्नेछ ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै