१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कंगोमा एडीएफ विद्रोहीको आक्रमणमा ५० सर्वसाधारणको मृत्यु



अ+ अ-

काठमाडौँ। प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआरसी) को पूर्वी क्षेत्रमा एलाइड डेमोक्रेटिक फोर्सेस (एडीएफ) विद्रोही समूहले गरेको शृंखलावद्ध आक्रमणमा परी गत एक सातामा कम्तीमा ५० जना सर्वसाधारणको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यम तथा नागरिक समाजका प्रतिनिधिहरूले यसको पुष्टि गरेका हुन् । प्राप्त विवरणअनुसार विद्रोहीहरूले मुख्यतया उत्तर किवु र इतुरी प्रान्तका विभिन्न बस्तीहरूलाई लक्षित गरी छापा मार्ने, अपहरण, लुटपाट र आगजनी गर्ने जस्ता हिंसात्मक गतिविधि गरिरहेका छन् ।

गत आईतवार रातिदेखि विद्रोही समूहले इतुरी प्रान्तको मामबासा क्षेत्रअन्तर्गत पर्ने माकुमो र माबुओ गाउँमा आक्रमण गरी १५ जनाको हत्या गरेका छन् ।

विद्रोहीहरूले स्थानीयका घरहरूमा आगजनी गर्नुका साथै केही स्थानीयलाई बेपत्ता पारेको नागरिक समाजले जनाएको छ । संयुक्त राष्ट्रसंघको समर्थन प्राप्त सञ्चारमाध्यम रेडियो ओकापीका अनुसार गत मार्च महिनादेखि मामबासा क्षेत्रका २० भन्दा बढी गाउँहरू एडीएफको निसानामा परेका छन् ।

यस अवधिमा मात्रै १३० भन्दा बढी मानिसको ज्यान गइसकेको तथ्याङ्क छ । कंगोस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उत्तर किवु र इतुरी प्रान्तमा सर्वसाधारणमाथि भइरहेका पछिल्ला आक्रमणहरूको कडा शब्दमा निन्दा गरेको छ । यद्यपि, कंगो सरकारले भने यी पछिल्ला हिंसात्मक घटनाका सम्बन्धमा हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

इस्लामिक स्टेट सेन्ट्रल अफ्रिका प्रोभिन्ससँग आवद्ध एडीएफ मूलतः युगान्डाको विद्रोही समूह हो । सन् २०२१ को नोभेम्बरदेखि कंगो र युगान्डाका सुरक्षा फौजले यो समूहलाई नियन्त्रण र निस्तेज पार्न संयुक्त सैन्य अभियान सञ्चालन गर्दै आएका छन् ।

तर सुरक्षा कारबाही जारी रहेकै अवस्थामा एडीएफले पूर्वी कंगोमा आफ्नो सक्रियता र प्रभाव क्षेत्र झन् विस्तार गरिरहेको स्थानीय पर्यवेक्षकहरूको ठहर छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल