११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

हंगेरीका नयाँ प्रधानमन्त्री पिटर म्याग्यारद्वारा पदभार ग्रहण, जनविश्वास र सुशासनमा जोड

हंगेरीका नयाँ प्रधानमन्त्री पिटर म्याग्यारद्वारा पदभार ग्रहण, जनविश्वास र सुशासनमा जोड
अ अ+ अ-

काठमाडौँ। गेरीका नवनियुक्त प्रधानमन्त्री पिटर म्याग्यारको नेतृत्वमा गठित नयाँ सरकारले मंगलवार राजधानी बुडापेस्टस्थित संसदमा पद तथा गोपनीयताको शपथ लिएको छ ।

यसअघि मंगलवार नै राष्ट्रपति तामस सुल्योकले नयाँ सरकारका मन्त्रीहरूलाई औपचारिक रूपमा नियुक्त गर्नुभएको थियो ।

संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री म्याग्यारले आफ्नो प्रशासनको मुख्य प्राथमिकता जनविश्वास पुनस्र्थापना, सुशासनमा सुधार र हंगेरीको अन्तर्राष्ट्रिय सम्बन्धलाई पुनः सुदृढ बनाउनु रहेको उल्लेख गर्नुभयो ।

राज्यका संस्थाहरूप्रति सर्वसाधारणको भरोसा जागृत गराउन सरकारले स्पष्ट जिम्मेवारी र पारदर्शी निर्णय प्रक्रियाका आधारमा कार्य सम्पादन गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

विदेश नीतिका सन्दर्भमा प्रधानमन्त्री म्याग्यारले युरोपेली संघ र नेटोभित्र राष्ट्रिय हितको रक्षा गर्दै पश्चिमा मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नयाँ मन्त्रिपरिषद् १६ सदस्यीय रहेको छ ।

जसमा अर्थ, स्वास्थ्य, शिक्षा तथा बालबालिका मामिला, र न्याय मन्त्रालयलाई विशेष अधिकारसहित केन्द्रीय भूमिकामा राखिएको छ । यी चार मन्त्रालयलाई मन्त्रिपरिषद्भित्र ’भिटो’ प्रयोग गर्न सक्ने अधिकार समेत दिइएको छ ।

गत अप्रिल १२ मा सम्पन्न संसदीय निर्वाचनमा म्याग्यार नेतृत्वको ‘टिसा पार्टी’ले भिक्टर ओर्बानको सत्तारुढ फिडेज–केडीएनपी गठबन्धनलाई पराजित गर्दै संसद्मा दुई–तिहाइ बहुमत हासिल गरेको थियो ।

म्याग्यारले गत शनिवार संसदीय मतदानमार्फत प्रधानमन्त्री चुनिएपछि शपथ लिनुभएको थियो । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल