१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की

विस्तार हुन सकेन मिनरल वाटर आयोजना

विस्तार हुन सकेन मिनरल वाटर आयोजना
अ अ+ अ-

काठमाडौँ । पनौतीस्थित ‘मिनरल वाटर’ आयोजनाबाट उत्पादित पानीको बजारमा माग धेरै भए पनि त्यसअनुसार उत्पादन हुन सकेको छैन । जग्गाको अभावकै कारण आयोजनाले क्षमताभन्दा ज्यादै कम परिणाममा पानी बजारमा आपूर्ति हुने गरेको छ ।

सरकारीस्तरबाट पानी बिक्री–वितरण गर्ने पहिलो आयोजना भए पनि यसलाई विस्तार गर्न नसकिएको नेपाल खानेपानी संस्थानले जनाएको छ । नगरपालिकाले सो आयोजनाका लागि झण्डै सात रोपनी क्षेत्रफलको जग्गा दिएकामा अहिले कार्यालय सात आनामा सीमित छ । आयोजनाको जग्गामा अतिक्रमण गरेर सुकुम्बासीले घरलगायत संरचना बनाउँदा आयोजना खुम्चिएको हो ।

संस्थानका महानिर्देशक डा भूपेन्द्र प्रसादले सो स्थानमा खुम्चेको जग्गा फैलाएर क्षमतानुसार उत्पादन गर्ने योजना रहेको बताउनुभयो । यससँगै अन्य स्थानमा रहेका पानीका स्रोतको अध्ययन गर्दै जाने संस्थानको योजना छ । सगरमाथाबाट आएको पानी मिनरल वाटर र जारमार्फत बिक्री–वितरणका लागि अध्ययन गर्ने योजना संस्थानको छ ।

महानिर्देशक प्रसादको नेतृत्वको टोली केही दिनमै त्यसतर्फ जानेछ । संस्थानले देशभित्र मात्रै नभएर विदेशमा समेत पानी बिक्री–वितरण गर्ने योजना बनाइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विज्ञ सम्मेलित टोली गएर स्थलगत निरीक्षण गरेपछि नै थप अध्ययन अघि बढ्नेछ ।”

नेपाल खानेपानी संस्थानका अध्यक्ष जीउलाल चौधरीले कर्मचारीले जाँगरका साथ काम गर्दा मात्रै संस्थानका कुनै पनि योजना सफल हुन सक्ने बताउनुभयो । ‘मिनिरल वाटर’ आयोजना विस्तार गर्दै जाने संस्थानको योजना छ । उहाँले भन्नुभयो, “संस्थान रहेमात्रै हामी रहन्छौँ भन्ने कर्मचारीले सोच्नुपर्छ ।”

पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले आयोजनाको क्षमता विस्तारका लागि पहिलो काम नक्सानुसार जग्गा कायम गर्नु नै भएको बताउनुभयो । सो स्थानमा बसोबास गर्दै आएका सुकुम्बासीलाई अन्यत्र व्यवस्थापन गरी संस्थानको जग्गा फर्काउनुपर्ने उहाँले बताउनुभयो । त्यस स्थानमा बसोबास गर्नेमध्ये को वास्तविक सुकुम्बासी हुन् र को होइनन् भनी छुट्याउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

संस्थानले कुनै पनि आयोजना सञ्चालन भएका स्थानमा स्थानीय तहसँग पनि सहकार्य गर्न सकेको छैन । नगरपालिकामै रहेको एकीकृत काभ्रे भ्याली खानेपानी आयोजना सम्पन्न हुन लाग्दासमेत समन्वय नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आयोजनाको ९७ प्रतिशत काम सम्पन्न भएको भनिए पनि समन्वय भइरहेको छैन ।”

खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले संस्थानले खानेपानीको नयाँनयाँ स्रोतको खोजी गर्दै जानुपर्ने बताउनुभयो । शहरी क्षेत्रमा ‘मिनरल वाटर’ र जारको पानी आवश्यक रहेको छ । संस्थानले पानीको उत्पादन गर्दै बजारमा मागको अध्ययन गर्नुपर्नेमा उहाँको जोड रहेको छ । अहिले धेरै स्थानमा पानीको माग भइरहे पनि दिन आपूर्ति गर्न नसकिएको संस्थानले जनाएको छ । एक लिटर पानीको बोतल बजारमा माग उच्च रहेकाले उत्पादनका लागि स्वचालित उपकरण जडान गर्ने लक्ष्य लिइएको छ ।

जग्गा खुम्चिएकै कारण आयोजनाको क्षमता बढाउन कठिन भएको पनौतीस्थित कार्यालय प्रमुख पुष्पाञ्जलि विष्टले बताउनुभयो । अहिले जारको पानी मात्रै उत्पादन हुने गरेकामा ‘मिनरल वाटर’समेत बजारमा पु¥याउन सकिने उहाँले सम्भावना रहेको बताउँदै उहाँले भन्नुभयो, “अहिले सानो प्लान्टका रुपमा रहेकामा यसलाई विस्तार गर्न सक्दामात्रै हामी नाफामा जानेछौँ ।”

विसं २०६७÷६८ मा अध्ययन भएर विसं २०७४÷७५ मा सञ्चालनमा आएको सो आयोजनाको क्षमता दैनिक एक हजार २०० जार रहेको छ । हाल सो आयोजनाबाट दैनिक २६५ जार उत्पादन भइरहेको छ । पानी परीक्षण प्रयोगशालामा दैनिक परीक्षणपछि मात्रै पानी वितरण हुने गरेको छ । सो स्थानमा पानी वितरणको क्षमता प्रतिघण्टा दुई हजार लिटर रहेको छ ।

बजारमा जार तथा बोतलको पानीको मागलाई सम्बोधन गर्नेसँगै आफ्नो आर्थिक स्थिति सुधारका संस्थानले प्रशोधित पानी बिक्री–वितरणको नमूनाका रुपमा पनौतीमा शुरु गरेको थियो । अहिले खानेपानी मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पानी वितरण हुँदै आएको छ भने आगामी दिनमा अन्य मन्त्रालय र स्थानमा समेत फैलाउने लक्ष्य लिइएको छ ।