११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

किसानको समस्या पहिचान गर्दै अलैँची महासङ्घ

किसानको समस्या पहिचान गर्दै अलैँची महासङ्घ
अ अ+ अ-

भोजपुर। जिल्लाका अलैँची किसानको समस्या पहिचान गर्दै उत्पादन, गुणस्तर अभिवृद्धि तथा प्रभावकारी बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यका साथ नेपाल अलैँची व्यवसायी महासङ्घले किसानलक्षित कार्यक्रम सञ्चालन गरेको छ ।

अलैँचीखेतीमा देखिने विभिन्न रोग, कीरा तथा प्राकृतिक जोसखमको नियन्त्रणसँगै गुणस्तरीय उत्पादनमा जोड दिने लक्ष्यले कार्यक्रम सञ्चालन हो ।

महासङ्घको आयोजनामा यहाँको रामप्रसादराई गाउँपालिकामा व्यावसायिक रूपमा अलैँचीखेती गर्दै आएका किसानको समस्या पहिचान गर्न विशेष कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक तथा किसानको सहभागिता थियो ।

सहभागी किसानले आफ्नो बगानमा देखिएका विभिन्न रोग, उत्पादन घट्नुका कारण, माटो तथा हावापानीअनुसार उपयुक्त जात छनोटजस्ता विषयमा जिज्ञासा तथा अनुभव प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष दीपक नेपालले किसानलाई आवश्यक सहयोग गर्ने लक्ष्यले कोशी प्रदेश सरकारसँगको सहकार्यमा प्रदेशका विभिन्न जिल्लामा यस्ता कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार अलैँचीखेतीमा देखिएका समस्या पहिचान गर्दै किसानलाई आवश्यक प्राविधिक ज्ञान, रोग नियन्त्रण विधि तथा उत्पादन सुधारका उपायबारे जानकारी प्रदान गरिँदै आएको छ ।

उहाँले किसानले उत्पादन गरेको अलैँची सिधै व्यवसायीसँग जोड्ने वातावरण तयार गर्न महासङ्घले सहजीकरण गरिरहेको बताउनुभयो । “हामीले किसानलाई बिचौलियाबिना नै बजारसम्म पहुँच पुर्याउने प्रयास गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “यसले किसानको आम्दानी वृद्धि हुनुका साथै उनीहरूको उत्पादनले उचित मूल्य पाउने अपेक्षा गरेका छौँ ।”

रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले गाउँपालिकामा अलैँची किसानको राम्रो आम्दानीको स्रोत भएकाले यसको विकास र विस्तारमा स्थानीय तहले विशेष ध्यान दिएको बताउनुभयो ।

उहाँका अनुसार व्यावसायिक रूपमा अलैँचीखेती गर्दै आएका किसानलाई प्रोत्साहन गर्न आवश्यक प्राविधिक सहयोग, तालिम तथा भूगोलअनुसार उपयुक्त खेती प्रणालीमा जोड दिइएको छ ।

त्यसैगरी, अलैँची किसान केन्द्र इलामका प्रमुख राजु ढकालले अलैँची नेपालको प्रमुख नगदेबालीमध्ये एक भएको उल्लेख गर्दै किसानको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको चैतसम्म नेपालबाट करिब रु १० अर्ब ७० करोडबराबरको अलैँची विदेश निर्यात भएको छ ।

अलैँची किसानलाई लक्षित गरेर प्रोत्साहनका कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप राईले बताउनुभयो । अलैँची किसानको राम्रो आम्दानीको स्रोत रहेको बताउँदै उहाँले खेती विस्तारका लागि गाउँ कार्यपालिकाले गरेका निर्णय कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको उहाँले जानकारी दिनुभयो ।

नेपाल अलैँची व्यवसायी सङ्घ जिल्ला शाखा भोजपुरका अध्यक्ष राजेश विष्टले जिल्लामा अलैँचीखेतीबाट धेरै किसान लाभान्वित भए पनि प्राविधिक ज्ञान अभावका कारण अझै विभिन्न समस्या झेल्नुपरेको बताउनुभयो । उहाँले किसानको समस्या पहिचानसँगै समाधानमुखी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको औँल्याउनुभयो ।

“जिल्लाका धेरै किसान व्यावसायिक रूपमा अलैँचीखेतीमा संलग्न छन्”, अध्यक्ष विष्टले भन्नुभयो, “तर पर्याप्त प्राविधिक ज्ञान नहुँदा उत्पादनमा गिरावट, रोगको समस्या तथा बजार व्यवस्थापनमा कठिनाइ देखिएको छ । त्यसैले यस्ता कार्यक्रममार्फत किसानलाई ज्ञान र सीप हस्तान्तरण गर्न हामीले प्राथमिकता दिएका छौँ ।”

महासङ्घले सञ्चालन गरेको यस कार्यक्रमले किसानका समस्या नजिकबाट बुझ्न, समाधानका उपाय पहिचान गर्न तथा उत्पादनलाई गुणस्तरीय बनाउँदै बजारसँग प्रत्यक्ष जोड्ने सहयोग पुग्ने उद्योग वाणिज्य सङ्घका अध्यक्ष बद्री श्रेष्ठले बताउनुभयो । रासस