४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

राउटे बालबालिकाका लागि स्वास्थ्य तथा सरसफाइ सामग्री वितरण

राउटे बालबालिकाका लागि स्वास्थ्य तथा सरसफाइ सामग्री वितरण
अ+ अ-

सुर्खेत: सामुदायिक विकास केन्द्र नेपाल (सीडीसीएन  ) को आयोजनामा, SOSEC Nepal तथा गुर्भाकोट नगरपालिका–१४ को समन्वयमा राउटे समुदायका ५९ जना बालबालिकाका लागि व्यक्तिगत स्वास्थ्य तथा सरसफाइ सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बालबालिकालाई नङकटर, साबुन, स्याम्पु, टाउकोमा लगाउने तेल, टूथब्रस, मन्जन, लिपगार्ड, काँगियो तथा सानो रुमाल लगायतका सामग्री वितरण गरिएको सीडीसीएनका अध्यक्ष राधा मताङ्गीले जानकारी दिनुभयो ।

यस कार्यक्रमका लागि श्याम फुलुमाया फाउन्डेसन तथा श्याम फुलूमाया हस्तकला उद्योगले रु. २५ हजार आर्थिक सहयोग प्रदान गरेका थिए। उक्त सहयोगले राउटे समुदायका बालबालिकाको स्वास्थ्य, सरसफाइ तथा दैनिक जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुगेको सीडीसीएनका अध्यक्ष राधा मताङ्गीले जानकारी दिनुभयो ।

सामाजिक तथा मानवीय सेवामा सक्रिय श्याम फुलुमाया फाउन्डेसनले शिक्षा, स्वास्थ्य, सशक्तिकरण तथा आधारभूत सेवामार्फत विपन्न तथा सीमान्तकृत समुदायको उत्थानका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

कार्यक्रममा गुर्भाकोट नगरपालिका–१४ का वडा अध्यक्ष, Sowers Action Nepal का संस्थापक अध्यक्ष आचार्य पासाङ शेर्पा, सीडीसीएनका अध्यक्ष राधा मतांगी, कलाकार तथा मोडल रेशम नेपकिंग, SOSEC Nepal का महासचिव ललिता भण्डारी लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

स्वास्थ्य सामग्री प्राप्त गरेपछि राउटे समुदायका बालबालिकाले खुशी व्यक्त गरेका छन्। पछिल्लो समय समुदायमा व्यक्तिगत सरसफाइप्रति सकारात्मक सचेतना बढ्दै गएको सहभागीहरूले बताएका छन्।