१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु



अ+ अ-

दाङ। करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बबई गाउँपालिका–७ मलई निवासी ४१ वर्षीय पूर्णबहादुर वली रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज दिउँसो बबई गाउँपालिका–७ पातिहाल्नास्थित भित्री सडकखण्डमा मलईबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ख २१९८ नम्बरको बसको टायर पन्चर भएको थियो । टायर फेर्ने क्रममा बसको छतमा चढेका चालक वलीलाई करेन्ट लागेको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएपछि उहाँलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकामा चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो । रासस