२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन परिणामभन्दा संसदमा समावेशी सहभागिता महत्वपूर्णः संयोजक दाहाल



अ+ अ-

काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले प्रतिनिधि सभाको समानुपातिक समावेशी प्रतिनिधित्वलाई आफ्नो दलको निर्वाचन परिणामभन्दा महत्वपूर्ण भएको बताउनुभएको छ ।

सभाको मंगलवारको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गतको संसदमा मधेशी, दलित, महिला तथा पिछडिएका वर्गको इन्द्रेणी प्रतिनिधित्व’ स्थापित हुनु नै ठूलो उपलब्धि भएको उहाँको भनाइ छ । उहाँले निर्वाचन परिणामका हिसाबले आफ्नो दल खुम्चिएको स्वीकार गर्दै जटिल राजनीतिक अवस्थामा निर्वाचनको वातावरण निर्माणमा पार्टीले खेलेको भूमिका महत्वपूर्ण रहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचन परणामको हिसाबले निकै खुम्चिएपनि यो निर्वाचनका पक्षमा वातावरण बनाउन हाम्रो दलले खेलेको भुमिका नवनिर्वाचित तपाई मानीय सदस्यहरुलाई अवगत नै छ भन्ने म ठान्दछु । परिणामको दृष्टिले सानो ठूलो जो जेसुकै भएपनि संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गतको यो प्रतिनिधि सभामा मधेशी, दलित, महिला, पिछिडिएका वर्गको प्रतिनिधित्व इन्द्र धनुषी प्रतिनिधित्व मेरो लागि पार्टीको  विजयभभन्दा महत्वपूर्ण छ । र महत्वपूर्ण रहिरहने छ । तपाईहरु सबैजसो नयाँ हुनुहुन्छ । आज जस्तो समावेशी र समानुपातिक व्यवस्था हिजो थिएन ।”

उहाँले परिणामको आधारमा सानो–ठूलो दलको मूल्यांकन हुने भएपनि लोकतान्त्रिक गणतन्त्रभित्र समावेशी सहभागिता विस्तार हुनु महत्वपूर्ण विषय भएको बताउनु भयो ।