१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

खाद्यका कर्मचारीको चरम लापरबाहीले लाखौं मूल्यको चामल गोदाममै कुहियो

खाद्यका कर्मचारीको चरम लापरबाहीले लाखौं मूल्यको चामल गोदाममै कुहियो
अ अ+ अ-

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कर्मचारीको चरम लापरबाहीका कारण लाखौं मूल्य बराबरको चामल गोदाममै कुहिएको छ । नागरिकलाई सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउनुपर्ने सो लिमिटेडले समयमा नै चामल व्यवस्थापन गर्न नसक्दा ठूलो परिमाणको चामल गोदाममै कुहिएको हो । सर्वसाधारण विपन्न नागरिक भने बाहिर धेरै मूल्य तिरेर चामल किन्न बाध्य छन् ।

काठमाडौंको थापाथलीस्थित कम्पनीको अञ्चल कार्यालयको गोदाममा राखिएको ४ सय ८७.२२ क्विन्टल चामल कुहिएको अवस्थामा पाइएको हो । सो चामल गोदाम नम्बर २४ र ३० मा राखिएको छ । २४ नम्बर गोदाममा ३ सय २३.१७ क्विन्टल र ३० नम्बर गोदाममा १ सय ६४.०५ क्विन्टल बास्मती चामल कुहिएको अवस्थामा रहेको छ । कम्पनीले बास्मती चामल प्रतिकिलो ८३ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

प्रतिकिलो ८३ रुपैयाँको हिसाबले हेर्ने हो भने ४० लाख ४३ हजार ९२६ रुपैयाँ मूल्य बराबरको चामल गोदाममै कुहिएको छ । चामलमा अत्यधिक धुलोको मात्रा हुँदा गुणस्तर विश्लेषण गर्न समेत कठिन पाइएको छ । यसैगरी, थापाथली गोदाममा रहेको कर्णालीको तिते फापर समेत कम्पनीले बिक्री गर्न नसकेर बिग्रिएको छ । कम्पनीको तथ्यांकअनुसार थापाथली गोदाममा ६ सय ४८ क्विन्टल तीते फापर रहेको छ । कम्पनीले २०७३ सालमा कर्णालीका किसानसँग किनेर ल्याएको तीते फापर बिक्री गर्न नसकेर गोदाममै बिग्रिएको अवस्थामा रहेको दाबी कम्पनी स्रोतको छ ।

स्रोतका अनुसार कम्पनीका केही कर्मचारीले आफ्नो स्वार्थका लागि गुणस्तरहीन चामल किनेर वर्षौदेखि गोदाममै थन्काएर राख्दा करोडौँको खाद्यान्न कुहिने अवस्थामा रहेको छ । स्रोतले भन्यो, ‘आफ्नो स्वार्थ पूरा गर्न खाद्यान्न बिक्री गर्ने नयाँ योजना नल्याएर गोदाममै खाद्यान्न वस्तु थन्क्याउने काम भएको छ ।’ खाद्यान्नको गुणस्तर व्यवस्थापन गर्न ६ महिनामा एक पटक गोदाममा राखेको सबै खाद्यान्नलाई सफा गरेर चेक जाँच गर्नुपर्ने हुन्छ । यसैगरी, खाद्यान्नको गुणस्तर कायम राख्न खाद्यवस्तुमा प्रयोग हुने औषधि राख्नुपर्ने हुन्छ ।

तर, वर्षमा एकपटकसम्म पनि औषधि नराखिएको स्रोतले जनाएको छ । कम्पनीसँग खाद्यान्नको गुणस्तर कायम राख्न र गुणस्तर सुधार गर्ने प्राविधिक छन् । तर, उनीहरूलाई परिचालन नगरेर त्यतिकै खाद्यान्न राखेको स्रोतले बतायो । प्राविधिकहरूलाई खाद्यान्न गोदाममा समय समयमा चेकजाँच गर्ने अनुमति नदिइएकै कारण लाखौँको चामल गोदाममा कुहिएको उनको दाबी छ । कम्पनीमा लामो समयदेखि कार्यरत केही कर्मचारीले आफ्नो स्वार्थका लागि प्राविधिकलाई गोदाममा चेक जाँच अनुगमन समेत गर्न नदिइने गरेको स्रोतको भनाइ छ ।

गोदाममा रहेको चामलमा घुनकीरा लागी अत्यधिक धूलो पारेर अन्तिम अवस्थामा आएपछि मात्र गुणस्तर चेक गराउने गरेको स्रोतले जानकारी दियो । यसैगरी, प्राविधिकले वर्षौदेखि गोदाममा थन्काएर राखेको चामल खाद्य गुणस्तर चेक जाँच गरेर खाद्यान्नको गुणस्तर सुधारका लागि पटकपटक जानकारी गराइए पनि सोअनुसारको व्यवस्था नगर्ने गरेको स्रोतको भनाइ छ ।कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत मणिराज खनालले खाद्यान्न बिक्री गर्दा गोदाममा राखेको चामल कुहिनु र बिग्रिनु स्वाभाविक भएको बताए ।

खनालले भने, ‘गोदाममा धेरै समयसम्म राख्दा केही खाद्यान्न कुहिन सक्छ तर हामी उपभोक्तालाई न्युन गुणस्तरका खाद्यान्न बिक्री गर्दैनौँ ।’ ‘हामीसँग गुणस्तर चेक जाँच गर्ने थापाथली बिक्री केन्द्रमा दुई जना प्राविधिक छन्,’ उनले भने, ‘प्राविधिकले खाद्यान्नको गुणस्तर चेक जाँच गर्छन्, उनीहरूले दिएको रिर्पोटका आधारमा खान मिल्नेछ भने मात्र उपभोक्तालाई बिक्री गर्ने गरिन्छ । यदि, खान योग्य छैन भने आवश्यक कानुनी प्रक्रिया पुर्याएर त्यसलाई नष्ट गर्ने गरेका छौँ ।’

तीते फापर धेरैको खाने बानी नभएका कारण बिक्री हुन नसकेको उनको दाबी छ । फापर बिक्रीका लागि पटकपटक सूचना जारी गर्दा समेत कोही नआएको खनालको भनाइ छ । थापाथली गोदाममा भएको तीते फापर बिक्री हुन नसकेर बिग्रिएको उनले स्वीकार गरेका छन् । उनले भने, ‘बिग्रिएको तीते फापरलाई कानुनी प्रक्रिया पुर्याएर नष्ट गरिनेछ ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनी थापाथलीको तथ्यांकअनुसार थापाथली गोदाममा २५ हजार क्विन्टल चामल मौज्दात छ । तीमध्ये जापनीज चामल १७ हजार ५ सय क्विन्टल, बास्मती ११ सय क्विन्टल, सोना मनसुली २४ सय ८४ क्विन्टल, जिरा मसिनो २६ सय क्विन्टल मौज्दात छ । यसैगरी, कर्णालीको सिमी ६ सय ७८ क्विन्टल र तीते फापर ६ सय ४८ क्विन्टल मौज्दात रहेको कम्पनीले जनाएको छ । राजधानी दैनिकबाट