८ भाद्र २०८३, सोमबार
,
Latest
गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा एकता बिना राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका सम्भव छैन: डा. शेखर कोइराला



अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको समग्र एकता बिना राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्न नसकिने बताएका छन्।

उनले पार्टी विभाजन र गुटगत राजनीतिले विगतमा कांग्रेसलाई मात्र नभई आम नागरिकको भरोसा समेत कमजोर बनाएको उल्लेख गरेका छन्। सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै कोइरालाले हालै सम्पन्न निर्वाचन परिणामले कांग्रेसलाई गम्भीर आत्मसमीक्षाको आवश्यकता देखाएको बताएका छन्। उनले पार्टीभित्र नयाँ सोच, दृष्टिकोण र साझा भावनासहित अघि बढ्नुपर्ने समय आएको भन्दै एकताको विकल्प नभएको स्पष्ट पारेका छन्।

उनले आगामी स्थानीय तह र प्रदेश निर्वाचनलाई लक्षित गर्दै यदि कांग्रेसले नागरिकको विश्वास पुनः जित्न नसकेमा राष्ट्रिय राजनीतिमा पार्टीको औचित्यमाथि नै प्रश्न उठ्ने जोखिम रहेको चेतावनी दिएका छन्। कोइरालाले कांग्रेससँग आबद्ध हजारौं युवा, संघर्षशील र त्यागी कार्यकर्ताको राजनीतिक भविष्य सुनिश्चित गर्न पनि पार्टी एकताबद्ध र नागरिकमैत्री बन्न आवश्यक रहेको बताएका छन्। उनका अनुसार निर्णायक भूमिकामा रहेका नेताहरूले व्यक्तिगत र गुटगत स्वार्थभन्दा माथि उठेर सामूहिक भावनाका साथ अघि बढ्नुपर्ने आवश्यकता छ।

त्यसैगरी, उनले अहिलेको राजनीतिक परिवेशमा संविधानवाद र लोकतान्त्रिक मूल्य–मान्यतामाथि विभिन्न कोणबाट चुनौती आउँदै गएको उल्लेख गर्दै यस्तो अवस्थामा पार्टीभित्र गुटउपगुट कायम रहनु गम्भीर चिन्ताको विषय भएको टिप्पणी गरेका छन्। कोइरालाले हालै नेपाली कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा असर परेको दाबी गरेका छन्। उनले १४ औं महाधिवेशनपछि नविकरण र नयाँ वितरण गरिएको क्रियाशील सदस्यताको आधारमा नै १५ औं महाधिवेशन ‘एकता महाधिवेशन’ का रूपमा सम्पन्न गर्नुपर्ने धारणा पनि राखेका छन्।