२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस

वालेन, सुशीला बिच तिक्तता, आरोप प्रत्यारोपको शृंखला रोकिएन

वालेन, सुशीला बिच तिक्तता, आरोप प्रत्यारोपको शृंखला रोकिएन
अ अ+ अ-

काठमाडौं: सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिमा रोलक्रम मिचेर चौथो वरियताका डा मनोजकुमार शर्मालाई नियुक्त गर्न संवैधानिक परिषदले सिफारिस गरेलगत्तै पूर्वप्रधानमन्त्री एवं पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले सरकार विरुद्ध कडा प्रतिवाद गरिन् ।

कार्कीको भनाईमा पहिलो वरियतामा रहेकी न्यायाधीश सपना प्रधान मल्ललाई नै प्रधानन्यायाधीश बनाउनु पर्ने थियो । सर्वोच्चको स्थापित परम्परालाई तोडेर प्रधानमन्त्री वालेन्द्र शाहले न्यायालयमा जबर्जस्ती गरेको कार्कीको आरोप थियो । अझ कार्कीले आफूलाई “आमा” नभन्न, बरु बालेनकी श्रीमतीलाई आमा भन्न सुझाइन् ।

कार्कीको यस भनाईबाट विक्षिप्त भएका प्रधानमन्त्री शाहले भोलिपल्टै शुसिला कार्कीले प्राप्त गरिरहेको सवारीसाधन फिर्ता गरिदिए । आफ्ना स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषबाट हटाएको तथा पूर्वगृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सांसद बनाउन सहयोग नगरेकामा आमाको चित्त दुखेको थियो ।

चुनाव अघिसम्म निकै हार्दिक सम्बन्ध रहेको भएपनि बालेनसँग सुशीला कार्कीको सम्बन्धको तिक्तताको पारो शिखरमै पुगेको प्रधानमन्त्री बालेनको सचिवालयले सोमबार साँझ निकालेको विज्ञप्तिले पनि पुष्टि गर्दछ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वनमन्त्री गीता चौधरीलाई दिएको खबर सार्वजनिक गर्दै सचिवालयका तर्फबाट प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धानविज्ञ दिपा दाहालले भनेकी छिन्, अन्तरिम सरकार प्रमुख प्रधानमन्त्री सुशीला कार्कीले स्थापित प्रचलन र मितव्ययिताको मान्यतालाई बेवास्ता गर्दै आफ्ना स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई कोषको अध्यक्षमा नियुक्त गर्नुभएको थियो।

उक्त नियुक्तिले राज्यकोषमा अनावश्यक भार थप्नुका साथै निकट व्यक्तिलाई महत्वपूर्ण संस्थाको जिम्मेवारी सुम्पने प्रवृत्तिलाई प्रश्रय दिएको भन्दै आलोचना भएको दाहालले स्मरण गरेकी छिन् ।

दाहालको विज्ञप्तिमा भनिएको छ, त्यति मात्र होइन, श्रेष्ठले एकातिर कोषको अध्यक्ष पदको सुविधा उपभोग गरिरहेकै अवस्थामा अर्कोतिर समाजकल्याण परिषद्मा कानुनी सल्लाहकारका रूपमा समेत दोहोरो जिम्मेवारी र सुविधा लिएको विषयले विवाद निम्त्याएको थियो। एकै व्यक्तिले एकैसाथ दुई वटा सार्वजनिक पदको सुविधा लिने यस्तो कार्यलाई स्वार्थको द्वन्द्व र सार्वजनिक नैतिकताको उल्लङ्घनका रूपमा हेरिएको थियो। साथै, यति महत्वपूर्ण कोषको नेतृत्व सम्हाल्न आवश्यक योग्यता, अनुभव र विशेषज्ञता श्रेष्ठमा रहे–नरहेको विषयमा पनि प्रश्नहरू उठेका थिए, जसले तत्कालीन नियुक्ति प्रक्रियामाथि शङ्काको घेरा खडा गरेको थियो।

बालेन सरकारले सार्वजनिक संस्थामा कार्यरत व्यक्तिलाई अध्यादेश ल्याएर पदमुक्त गरेको भने पनि अझै कैयौं व्यक्ति सार्वजनिक संस्थामा कार्यरत रहेको पाइएको छ ।