१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

स्थानीय तहको राजस्व संकलन क्षमता ९४ प्रतिशतसम्म कमजोर

स्थानीय तहको राजस्व संकलन क्षमता ९४ प्रतिशतसम्म कमजोर
अ अ+ अ-

काठमाडौं । स्थानीय तहहरुको स्रोत व्यवस्थापनको अवस्था अत्यन्तै कमजोर अबश्था रहेको पाईएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजस्व संकलन क्षमता ९४ प्रतिशतसम्म कमजोर रहेको बताएको छ। यससँगै मन्त्रालयले क्षमता अभिबृद्धि मार्फत राजस्व संकलन, उपयोग लगायतमा सुधार गरी स्थानीय तहलाई सक्षम बनाउने योजना अनुसार काम भईरहेको बताएको छ ।

यससँगै मन्त्रायले स्थानीय तहहरुले आन्तरिक स्रोत व्यवस्थापन बारेको विवरण माग गरेको छ । तर, अधिकांश स्थानीय तहहरुले मन्त्रालयले माग गरेको आर्थिक बर्ष २०७५/७६ को आन्तरिक स्रोतको विवरण पटकपटक ताकेता गर्दा समेत विवरण उपलब्ध गराएका छैनन । मन्त्रालयले ७५३ वटै स्थानीय तहहरुलाई भदौको सुरुवातमा नै परिपत्र गरि विवरण माग गरेकोमा अधिकांशले अझैसम्म पनि विवरण पेस नगरेको जनाएको छ ।

मन्त्रालयले स्थानीय तहहरुको राजस्व संकलनको पछिल्लो अबश्थाबारेको जानकारी संकलन गरी सोही अनुरुपको क्षमता विकास कार्यक्रम सञ्चालनको तयारीका लागि विवरण माग गरिएको जनाएको छ । ‘स्थानीय तहको राजस्व क्षमता बढाएर आफ्नै खुट्टामा उभिने बनाउने योजना अनुसार विवरण माग गरि गरिएको हो ।’ मन्त्रालयका सहसचिव जयनारायण आचार्यले भने । मन्त्रालयले विभिन्न ३२ शिर्षकमा यसबारेको विवरण माग गरेको थियो ।

मन्त्रालयले गत बर्ष गरेको अध्ययनका क्रममा स्थानीय तहहरुको राजस्व क्षमता ५.६ प्रतिशत मात्रै रहेको थियो । राजस्व संकलनमा ९४ प्रतिशत कमजोर रहेको पाईएपछि मन्त्रालयले क्षमता अभिबृद्धिका कार्यक्रमलाई अगाडि बढाईएको बताएको छ। मन्त्रालयले अधिकांश स्थानीय तहहरुमा क्षमता अभावका कारण केन्द्रले तोकेको मापदण्ड अनुसार स्रोत व्यवस्थापन हुन नसकेको बताँउदै आएको छ ।

संविधानको धारा ६० को उपधारा (८) ले राजस्व संकलन गर्नसक्ने व्यवस्था गरेको छ । स्थानीय तहले राजस्व संकलन सम्बन्धि ऐन बनाँउदा स्थानीय तहको राजस्व उठाउन सक्ने क्षमता,राजस्वको सम्भाव्यता र उपयोग समेतलाई ध्यान दिनुपर्ने ऐनमा व्यवस्था रहेको छ । स्थानीय तहहरुले केन्द्र सरकारले तोकेको मापदण्ड अनुसार स्रोत व्यवस्थापन नगरेमा केन्द्रबाट पाउने अनुदानसम्मलाई प्रभाव पार्ने गर्दछ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को व्यवस्था अनुसार स्थानीय तहलाई प्राकृतिक स्रोतको परिचालन, राजस्वको बाँडफाँड तथा अनुदान सिफारिस गर्दा सम्बन्धित स्थानीय तहको राजस्वको अवश्था तथा उठाउन सक्ने क्षमतालाई आधार मान्ने गरिन्छ। त्यस्तै स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ७२ मा गाँउपालिका तथा नगरपालिकाले नेपाल सरकारले निर्धारण गरे बमोजिमको आय व्यय तथा खर्च शिर्षक सम्बन्धि व्यवस्था अबलम्बन गर्नुपर्ने व्यवस्था रहेको छ । राजधानी दैनिकबाट