५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रृङ्खलाबद्ध चोरी अभियोगमा दुई पक्राउ



अ+ अ-

काठमाडौँ, २८ वैशाख : नागार्जुन नगरपालिकाको रानीवन र सानोभर्‍याङ क्षेत्रमा श्रृङ्खलाबद्ध चोरी गरेको अभियोगमा दुई युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–३ का २७ वर्षीय रमेशकुमार तामाङ र काठमाडौँ महानगरपालिका–९ का २९ वर्षीय प्रभातसिंह प्रधान रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिनुभयो ।

उनीहरुले चोरीका सामान किनबेच, व्यवस्थापन र बिक्री वितरण गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीहरुको डेराबाट चोरीको मोबाइल, ल्यापटप, नगद, मूर्ति, लागुऔषध, चोरीमा प्रयोग हुने औजारलगायत बरामद गरेको छ । तामाङ सानोभर्‍याङ र सिंह बत्तीसपुतली क्षेत्रमा बसोबास गर्दै आएका थिए । रासस