११ मंसिर २०८१, मंगलवार
,
Latest
सात वर्षमा सामाजिक सुरक्षा कोषमा १७ लाख ९७ हजार ६४० आबद्ध ड्रागन फ्रुट’ बिक्रीबाटै १८ लाख आम्दानी ! व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी पूर्वीनाकाबाट कृषि वस्तुको आयातभन्दा निर्यात बढी आज काठमाडौंका यी स्थानमा बिजुली काटिने सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि सहकारी ठगीको अर्को आरोपमा रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै परराष्ट्रमन्त्रीको चीन भ्रमण स्वीकृत, चिनियाँ विदेशमन्त्रीसँग छन्दुमा वार्ता गर्ने हिरासतबाट रविको चेतावनी- हामीले विश्वास गरेको निलो क्रान्तिको रंग बदल्नुपर्ने हुनसक्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरलता अभावको असरले निर्माण उद्योग संकटमा : रवि सिंह



अ+ अ-

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताउनु भएको छ । अध्यक्ष सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताउनु भएको हो ।

उहाँले बैंकिङ प्रणालीमा तरलता अभावका कारण पछिल्लो समय निर्माण उद्योग जुन गतिमा अगाडि बढ्नु पर्ने हो त्यो गतिमा बढ्न नसकेको बताउनु भयो । अध्यक्ष सिंहले बजारमा हाहाकार भए तरलता अभावको साथै निर्माण क्षेत्रमा ठेक्का रकमको २० प्रतिशत पेस्कीको विरोध भइ कटौती गरे ५ प्रतिशत कायम गरेकाले पनि विगत दुई वर्ष देखि निर्माण उद्योगले गति लिन नसेको बताउनु भयो ।

उहाँले दुई वर्ष कोरोना महामारीको कारण काम नहुने तर अन्य खर्च हुने तर, खर्च भए अनुसार त्यसबाट उत्पादन गर्न नसक्दा निर्माण व्यवसायीहरुले चरम आर्थिक अभाव झेलि रहेको बताउनुभयो । बिहिबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष सिंहले पछिल्लो समय बैंकहरुले एक दुई लाख कर्जा समेत पाउन मुस्किल भएको बताउनु भयो । उहाँले निर्माण व्यवसायीको बैंकिङ ऋण मात्रै ३ सय ४० अर्ब रहेको तर, सरकारसँग विगत एक वर्ष देखि बारम्बार निर्माण उद्योगमा तरलता अभाव रहेकाले तरलता सहज बनाउन निर्माण व्यवसायीको ५ प्रतिशत धरौटी रकम बैंक ग्यारेण्टीमा फुकुवा गर्न माग गरेको बताउनु भयो । उहाँले सरकारले ५ प्रतिशत धरौटी रकम निर्माण व्यवसायीलाई दिएमा बजारमा भएको तरलता सहज हुने ,निर्माण कार्य पनि अगाडि बढ्ने र अर्थतन्त्र पनि चलायमान हुने धारणा राख्नुभयो । 

अध्यक्ष सिंहले भन्नुभयो,‘वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको छ, तरलता अभावका कारण पछिल्लो समय निर्माण उद्योग जुन गतिमा अगाडि बढ्नु पर्ने हो त्यो गतिमा अगाडि बढ्न नसकेको छैन् । बजारमा हाहाकार भएको तरलता अभावको साथै निर्माण क्षेत्रमा ठेक्का रकमको २० प्रतिशत पेस्कीको विरोध भयो। विराध पछि २० प्रतिशतबाट कटौती गरे ५ प्रतिशत कायम गरेकाले पनि विगत दुई वर्ष देखि निर्माण उद्योगले गति लिन नसेको छैन् । दुई वर्ष कोरोना महामारीको कारण काम नहुने तर अन्य खर्च हुने तर, खर्च भए अनुसार त्यसबाट उत्पादन गर्न नसक्दा निर्माण व्यवसायीहरुले चरम आर्थिक अभाव झेलि रहेका छन्। अझ पछिल्लो समय बैंकहरुले एक दुई लाख समेत कर्जा समेत पाउन मुस्किल भएको छ । निर्माण व्यवसायीको बैंकिङ ऋण मात्रै ३ सय ४० अर्ब रहेको छ ।

तर, सरकारसँग विगत एक वर्ष देखि बारम्बार निर्माण उद्योगमा तरलता अभाव रहेकाले तरलता सहज बनाउन माग गर्दै आएका छौं । हाम्रो माग निर्माण व्यवसायीको ५ प्रतिशत धरौटी रकम बैंक ग्यारेण्टीमा फुकुवा गर्न हो । तर। सरकारले माग सम्बोधन अहिलेसम्म गरेको छैन्। यदि सरकारले ५ प्रतिशत धरौटी रकम निर्माण व्यवसायीलाई दिएमा बजारमा भएको तरलता सहज,निर्माण कार्य पनि अगाडि बढ्ने र अर्थतन्त्र पनि चलायमान हुन्छ । सरकारले निर्माण उद्योगीले पाउनु पर्ने २० प्रतिशत मोविलेसन  संकुचन गर्दा विकास निर्माणले गति लिन सकेको छैन्। त्यस्तै,अहिले निर्माण उद्योगलाई सामान सप्लाई गर्ने सम्पूर्ण उद्योग नै चरम आर्थिक संकटमा गुज्रिएका छन्। अर्थमन्त्रीले पुस महिनामा ३० प्रतिशत पुँजीगत खर्च गर्न निर्माण व्यवसायीलाई भोग्दै आएको तरलता अभावलाई सहज बनाउन आवश्यक छ । सरकारले ५ प्रतिशत धरौटी र १० प्रतिशत मोविलाइजेसन दिने हो भने बजारको तरलता सहज हुन्छ । सरकारले खोजेको तिव्र विकास निर्माण काम हुन्छ । तर, सरकारले तत्काल तरलता अभाव सम्बोधन गर्नु पर्छ ।’

अध्यक्ष सिंहले सरकारले निर्माण व्यवसायीको मागलाई सम्बोधन गरे मात्रै पनि बजारमा तरलता सहज हुने धारणा राख्नु भयो । उहाँले सरकारले माग सम्बोधन गर्दा विकास निर्माणको काम पनि गति लिने बताउनु भयो । उहाँले विकास निर्माणको काम गति दिने वितिकै रोजगारी सृजना समेत हुने बताउनुभयो । अध्यक्ष सिंहले सरकारले लिएको विकास निर्माणको लक्ष्य बजेटको सहि व्यवस्थापन भएमा प्राप्त हुन सक्ने बताउनुभयो । उहाँले सरकारले बजेटलाई काम भइरहेको योजनामा अभाव हुन नदिने र काम नभएको स्थानको बजेट फ्रिज सरकारले राख्न नहुने बताउनु भयो । अहिले सरकारको ढुकुटीमा अर्बै रकम थुप्रिएर बसेको तर विकास निर्माणको काम गर्न रकम अभाव भएको बताउनुभयो । अब विकासे मन्त्रालयहरुले बजेट खर्च गर्न दोहोरी मात्रै नखेलेर बजेट व्यवस्थापन गरेर विकास निर्माण अगाडि बढाउन सहयोग गर्नु पर्ने अध्यक्ष सिंहको धारणा राख्ने भयो ।