२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन शाह बैठकबाट बाहिरिए



अ+ अ-

काठमाडौँ ।  संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरिरहेका थिए। राष्ट्रपति पौडेलले करिब एक घण्टादेखि नीति तथा कार्यक्रम वाचन गरिरहँदा बैठक हलको वातावरण सामान्य रूपमा अघि बढिरहेको छ।

तर सोही क्रममा प्रधानमन्त्री बालेन शाह बैठक कक्षबाट बाहिरिएका थिए । उनको आसन हाल खाली देखिएको थियाे। प्रधानमन्त्रीको अनुपस्थितिको कारण भने तत्काल सार्वजनिक गरिएको छैन।

नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको समयमा अधिकांश मन्त्री तथा सांसदहरू भने बैठकमै उपस्थित रहेर ध्यानपूर्वक दस्तावेज सुनिरहेका छन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले  राष्ट्रपति नजिकैको पंक्तिमा बसेर कार्यक्रम सुनिरहेका देखिएका थिए।

सरकारले आगामी आर्थिक वर्षका प्राथमिकता र नीतिगत दिशाबारे जानकारी दिइरहँदा संसदभित्रको गतिविधि र शीर्ष नेतृत्वको उपस्थिति–अनुपस्थितिले भने राजनीतिक वृत्तमा थप चासो बढाएको छ।