२९ भाद्र २०८३, सोमबार
,
Latest
‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायोः नेकपा



अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारले मानव बस्तीमा डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै पार्टीका प्रमुख सचेतक युवराज दुलालले यस्तो आरोप लगाएका हुन् । नेपालको संविधानले आवासको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको भएपनि सरकार मानव सिर्जित विपत्ति निम्त्याउन उद्दत भएको उनकाे आरोप छ ।

उनले सुकुम्बासी बस्तीमा सुरक्षाफौज परिचालन गरेर नागरिकमाथि आतंक सिर्जना गरिएको दाबी गर्दै ईन्द्रबहादुर राईजस्ता नागरिक आत्महत्या गर्न बाध्य हुँदा सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा लाग्ने कि नलाग्ने ? भन्दै प्रश्न गरे ।

दुलालले विधिको शासनको नारा दिएर आएको सरकारले अध्यादेशमार्फत शासन चलाउने बाटो रोज्न खोजेको आरोप समेत लगाए ।