१२ श्रावण २०८३, मंगलवार
,
Latest
बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको गिली अटो प्लान्टमा करिव १०० स्वदेशी वेल्डिङ रोबोट परिचालन



अ+ अ-

काठमाडौँ। पूर्वी चीनको इवुस्थित गिली अटोको उत्पादन प्लान्टमा करिव १०० वटा स्वदेशी वेल्डिङ रोबोटहरू सफलतापूर्वक परिचालन गरिएको छ ।

सिएसुन कम्पनीद्वारा निर्मित ९८ वटा रोबोटहरूलाई गिली अटोको वेल्डिङ वर्कशपमा तैनाथ गरिएको हो । गिली अटोको ‘इन्टेलिजेन्ट म्यानुफ्याक्चरिङ’ विभागका निर्देशक झाउ जुनकाअनुसार यी रोबोटहरूको प्रयोगले स्वदेशी प्रविधिबाट निर्मित उपकरणहरूको स्थिरता र गुणस्तरको एकरूपतालाई प्रमाणित गरेको छ ।

सिएसुन रोबोटिक्सले गिली अटोको विशिष्ट आवश्यकता, उपयोगिता र कार्यक्षमतालाई ध्यानमा राख्दै यी रोबोटहरू तयार पारेको हो । स्वदेशी उपकरणहरूलाई आवश्यकताअनुसार परिमार्जन (कस्टमाइज) गर्न सकिने पक्ष नै यसको सबैभन्दा ठूलो विशेषता रहेको निर्देशक जुनले बताउनु भयो ।

सिएसुनका अनुसार यी रोबोटहरूको परिचालनपछि उत्पादन प्रक्रियामा उल्लेख्य सुधार आएको छ । हाल यस उत्पादन लाइनबाट प्रति ५० सेकेन्डमा एउटा कार तयार भइरहेको छ ।

सिएसुन रोबोट एन्ड अटोमेसनका वरिष्ठ निर्देशक चेङ हुफेङले यी रोबोटहरूले एउटा ‘’वेल्डिङ पोइन्ट’ मात्र २.२ सेकेन्डमा सम्पन्न गर्न सक्ने गरी डिजाइन गरिएको जानकारी दिनुभयो ।

सिएसुन रोबोट एन्ड अटोमेसन कम्पनी लिमिटेड उत्तर–पूर्वी चीनको शेनयाङमा अवस्थित एक अग्रणी रोबोटिक्स कम्पनी हो । यस सहकार्यले चिनियाँ अटोमोबाइल उद्योगमा स्वचालित प्रविधिको बढ्दो प्रयोग र स्वदेशी रोबोटिक्सको क्षमतालाई उजागर गरेको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल