१२ श्रावण २०८३, मंगलवार
,
Latest
नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्यायः कहिलेसम्म लाग्दैन शुल्क ? सुकुम्बासी व्यवस्थापनबारे सांसद पौडेललाई मेयर आचार्यको जवाफः ‘जनतालाई भ्रमित नपार्नुहोस्’ पोखराको पर्यटन सुरक्षा सुदृढ बनाउन प्रहरी र व्यवसायीबीच छलफल ‘माईतीघर डुबानको मुख्य कारण प्राकृतिक जलाशयको विनाश, ढलको अतिक्रमण र टुकुचाको उल्टो चाप’ पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बईलाई अन्तिम बलमा स्तब्ध पार्दै बैंगलुरु शीर्ष स्थानमा, प्लेअफ दौडबाट मुम्बई बाहिर



अ+ अ-

काठमाडाैं। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न निकै रोमाञ्चक खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले मुम्बई इन्डियन्समाथि २ विकेटको कठिन जित हात पारेको छ।

मुम्बईले दिएको १६७ रनको लक्ष्य पछाएको बैंगलुरुले २० ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

बैंगलुरुको जितमा क्रुनाल पाण्डेयले सर्बाधिक ७३ रन बनाएका थिए भने ज्याकब बेठेलले २७, जितेश शर्माले १८ र देवदत्त पाडिकलले १२ रन बनाएका थिए । त्यस्तै मुम्बईका बलर क्रोबिन बोस्चले ४ विकेट लिए भने दीपक चहरले २ विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको मुम्बईले तिलक बर्माको ५७ र नमन धीरको ४७ रनको मद्धतले २० ओभरमा ७ विकेट गुमाउदै १६६ रन बनाएको थियो । त्यस्तै बैंगलुरुका बलर भुवनेश्वर कुमारले ४ विकेट लिएका थिए ।

यस जितसँगै ११ खेलबाट १४ अंक जोडेको बैंगलुरु अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने पराजित मुम्बई ६ अंकसहित प्लेअफको दौडबाट बाहिरिएको छ। तालिकामा सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सको पनि समान १४–१४ अंक भए पनि नेट रनरेटका आधारमा उनीहरू क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

जारी आइपिएल अन्तर्गत आज पञ्जाव किंग्स र दिल्ली क्यापिटल्ससँग हुदैछ ।




भर्खरै