१० श्रावण २०८३, आईतवार
,
Latest
प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’ सरकारलाई कुलमान घिसिङकाे प्रश्नः उद्योगको अर्बौं बक्यौता असुलीमा किन मौन? नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदैः तत्कालका लागि आकस्मिक सवारीलाई मात्र अनुमति वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प पूर्वी इण्डोनेसियामा बेपत्ता स्पिडबोटमा सवार ११ युरोपेली पर्यटकको सकुशल उद्धार भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमा ढुङ्गा खस्दा १३ जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारागारमा एआई एक्सरेबाट क्षयरोगका बिरामी खोजिँदै



फाइल फोटो
अ+ अ-

नेपालगञ्ज। कृत्रिम बुद्धिमत्ता (एआई) एक्सरे उपकारणद्वारा जिल्ला कारागार नेपालगञ्जमा रहेका कैदीबन्दी, सुरक्षाकर्मी तथा कर्मचारीको क्षयरोग पहिचान सुरु गरिएको छ ।

सो विधिद्वारा क्षयरोगको खोजपड्ताल गर्न शिविर आयोजना गरिएको स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग सम्पर्क व्यक्ति रवीन्द्रकुमार शाहले जानकारी दिनुभयो । उहाँका अनुसार कृत्रिम बुद्धिमत्ताको सहायताले छातीको एक्सरे विश्लेषण गरेर क्षयरोगको सम्भावित सङ्क्रमण पत्ता लगाउने गरिएको छ । यो आधुनिक प्रविधि हो ।

यसमा बिरामीको छातीको एक्सरे तस्बिर कम्प्युटर सफ्टवेयरमा राखिन्छ र एआई प्रणालीले फोक्सोमा देखिने असामान्य दाग, सङ्क्रमण वा क्षयरोगसँग मिल्ने सङ्केत विश्लेषण गर्ने शाहले बताउनुभयो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा रोशनलाल चौधरीले प्रदेश सरकारले क्षयरोग मुक्त अभियानका लागि रोगीको पहिचान गर्ने र उपचारको पहुँचमा ल्याउने गरी विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो ।

जिल्ला कारागार प्रमुख प्रकाश ढुङ्गानाले क्षयरोग निवारणका लागि समुदायस्तरमा जस्तै कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षण गर्नु महत्वपूर्ण कार्य भएको बताउनुभयो । उहाँका अनुसार सो शिविर तीन दिनसम्म सञ्चालन हुनेछ ।

यसैबीच बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा ७२९ जना क्षयरोगका बिरामी फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका सम्पर्क व्यक्ति रवीन्द्रकुमार शाहका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ७२९ जना बिरामी फेला परेका हुन् । सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकाका २०० र कोहलपुर नगरपालिकाका १२९ रहेका क्षयरोग सम्पर्क व्यक्ति शाहले जानकारी दिनुभयो । गतवर्ष एक हजार १८२ जना क्षयरोगी फेला परेका थिए ।