२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता

कास्टेलो नोभो: ढुङ्गे इतिहास, प्रकृति र शान्त पर्यटनको आकर्षक संगम- फोटो फिचर

कास्टेलो नोभो: ढुङ्गे इतिहास, प्रकृति र शान्त पर्यटनको आकर्षक संगम- फोटो फिचर
अ अ+ अ-

पोर्चुगल: पोर्चुगलको राजधानी लिस्बनबाट करिब २ घण्टाको दूरीमा अवस्थित कास्टेलो नोभो पछिल्लो समय शान्त र गहिरो यात्रा अनुभव खोज्ने पर्यटकहरूका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। सेरा दा गार्डुन्हा पहाडको काखमा रहेको यो सानो ऐतिहासिक गाउँले ढुङ्गामा कुँदिएको इतिहास, हरियालीले भरिएको प्राकृतिक सौन्दर्य र परम्परागत ग्रामीण जीवनशैलीलाई एकैसाथ प्रस्तुत गर्छ।

गाउँ प्रवेश गर्नेबित्तिकै साँघुरा ढुङ्गे गल्ली, पुराना घरहरू र भग्नावशेषमा रहेका ऐतिहासिक संरचनाले आगन्तुकलाई विगतको स्मरण गराउँछ। १२औँ शताब्दीमा निर्माण गरिएको किल्ला अहिले आंशिक रूपमा मात्र बाँकी रहे पनि अझै पनि गाउँमाथि उभिएर यसको गौरवशाली इतिहासको कथा सुनाइरहेको छ। सन् १७५५ को विनाशकारी लिस्बन भूकम्पपछि क्षतिग्रस्त बनेको यो संरचना आज पनि कास्टेलो नोभोको पहिचानको मुख्य आधार हो।

प्राकृतिक रूपमा पनि यो गाउँ अत्यन्तै समृद्ध छ। सेरा दा गार्डुन्हाको फेदीमा रहेको कास्टेलो नोभो हरियाली पहाड, शान्त वातावरण र पैदल यात्रा (हाइकिङ) मार्गका कारण प्रकृतिप्रेमीहरूका लागि विशेष गन्तव्य बनेको छ। शहरको कोलाहलबाट टाढा रहेर शान्त वातावरणमा समय बिताउन चाहने पर्यटकहरू यहाँ आकर्षित हुने गरेका छन्।

सांस्कृतिक र वास्तुकलाका दृष्टिले पनि गाउँ महत्वपूर्ण छ। लार्गो दा बिका क्षेत्रमा रहेको ऐतिहासिक टाउन हल र बारोक शैलीको फोहरा यसको प्रमुख आकर्षणमध्ये पर्छन्। यहाँ अझै पनि राजा जोआँ पाँचाैंको राजचिन्ह देख्न सकिन्छ, जसले यसको ऐतिहासिक महत्वलाई थप प्रस्ट पार्छ। स्थानीय जीवनशैलीमा परम्पराको गहिरो प्रभाव देखिन्छ।

“लागारीसा” नामक ढुङ्गामा कुँदिएको संरचना यहाँको सामूहिक जीवनको प्रतीक हो, जहाँ विगतमा गाउँलेहरू मिलेर अंगुर कुल्चेर रक्सी उत्पादन गर्ने परम्परा थियो। यसले यहाँको समुदायिक एकता र सांस्कृतिक निरन्तरतालाई उजागर गर्छ।

पर्यटन पूर्वाधारका हिसाबले कास्टेलो नोभो ठूलो शहर जस्तो विकसित छैन। यहाँ ठूला होटल वा रिसोर्टहरू कम छन्, तर स्थानीय गेस्ट हाउस र ग्रामीण पर्यटन घरहरूले आगन्तुकलाई आत्मीय आतिथ्य प्रदान गर्छन्। यिनैमध्ये एक प्रमुख आवास हो Casa n’Aldeia, जसका सञ्चालक पेड्रो रामोस लागार्टो पिन्टाडो हुन्। उनले ग्रामीण जीवनशैलीलाई नजिकबाट अनुभव गराउने उद्देश्यसहित पर्यटकलाई सरल तर आत्मीय बसोबास सेवा उपलब्ध गराउँदै आएका छन् ।

उनका अनुसार कास्टेलो नोभो “द्रुत जीवनशैलीबाट टाढा, समयसँगै बग्ने शान्त अनुभव” खोज्ने यात्रुहरूको लागि उपयुक्त गन्तव्य हो।

यहाँ आउने अधिकांश पर्यटक प्रकृतिप्रेमी, इतिहासमा रुचि राख्ने यात्रु र ‘स्लो टुरिज्म’ शैली अपनाउने समूहका हुने गरेका छन्। नजिकैको ऐतिहासिक गाउँ अल्पेद्रिन्हाेले पनि यस क्षेत्रको यात्रालाई थप रोचक बनाउँछ। कास्टेलो नोभो केवल एउटा गाउँ होइन, इतिहास, प्रकृति र संस्कृतिको संगम हो, जहाँ समय ढिलो बग्छ तर अनुभव गहिरो र अविस्मरणीय रहन्छ।

यहाँको Lagarto Pintado Casa n’Aldeia विशेष रूपमा चर्चित होटल हो, जहाँ आगन्तुकलाई परम्परागत ग्रामीण शैलीमा आरामदायी बसोबास सेवा उपलब्ध गराइन्छ। यो होटलले कास्टेलो नोभोको प्राकृतिक वातावरण र स्थानीय जीवनशैलीसँग नजिकको अनुभव दिलाउने उद्देश्य राखेको छ।