२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा परिषद्‌ले गर्‍यो ९० वर्ष पार गरेका वरिष्ठ वाङ्मयसेवीहरूलाई अभिनन्दन



अ+ अ-

काठमाडौँ। नेपाली शिक्षा परिषद्ले नौ दशक पार गर्नुभएका नेपाली वाङ्मयसेवीहरूको अभिनन्दन गरेको छ ।

परिषद्को अमृत महोत्सव वर्ष ८३ का अवसरमा नेपाली भाषा, साहित्य तथा शिक्षाका क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याएका वरिष्ठ स्रष्टाहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा परिषद्का अध्यक्ष रमा शर्माले नेपाली साहित्य र वाङ्मयको विकासमा अग्रज स्रष्टाहरूले पुर्‍याउनुभएको योगदान अविस्मरणीय रहेको बताउनुभयो ।

उहाँले परिषद्द्वारा यस्ता व्यक्तित्वलाई सम्मान गरिनु गौरवको विषय भएको उल्लेख गर्दै आगामी दिनमा अभिनन्दन परम्परालाई निरन्तरता दिने जानकारी दिनुभयो ।

अभिनन्दित हुने व्यक्तित्वमा दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लाल दास, भद्राकुमारी घले, मीर्गेन्द्रराज पाण्डे, डा महेश्वर शर्मा, चेतोनाथ शर्मा आचार्य, शङ्करराज पाठक, द्वारिका श्रेष्ठ, तेजेश्वरबाबु ग्वंगः तथा हरिराम जोशी रहनुभएको छ ।

कार्यक्रममा साहित्यकार, शिक्षाविद्, समाजसेवी तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनुभएका विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।

सहभागीहरूले वरिष्ठ वाङ्मयसेवीको योगदान नेपाली भाषा, साहित्य र संस्कृतिका लागि प्रेरणादायी रहेको धारणा व्यक्त गर्नुभयो । रासस