१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श

अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श
अ अ+ अ-

काठमाडौं । मनमोहन स्मृति प्रतिष्ठानले यहाँ आयोजना गरेको अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनअन्तर्गत आज ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाबारे विमर्श भएको छ ।

सम्मेलनमा स्वदेशी र विदेशी विज्ञ तथा अभियन्ताहरूले संविधानमा व्यवस्था गरिएअनुसार ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई सरकार, निजी क्षेत्र र हरेक परिवारले पालना गर्नुपर्नेमा जोड दिइएका छन् ।

कार्यक्रममा दक्षिण एसियाली ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष छत्र प्रधानले नेपालको संविधानको धारा ४१ मा राज्यबाट ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सुरक्षा तथा धारा ४३ मा आर्थिक रूपमा विपन्न र असहाय नागरिको सामाजिक सुरक्षाको हकको प्रबन्ध गरिएकाले त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

केन्द्र सरकार र विभिन्न स्थानीय तहले सामाजिक सुरक्षा भत्ता, सरकारी अस्पतालमा निःशुल्क सेवा, यातायातमा छुट, घरदैलो स्वास्थ सेवा प्रदान गरिएका बारे कार्यक्रममा अवगत गराइएको थियो ।

बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले पालिकाले नागरिक आरोग्य केन्द्रलगायत ज्येष्ठ नागरिकलाई स्वास्थ्य र सामाजिक सुरक्षामा विशेष महत्व दिएको बताउनुभयो ।

जनसङ्ख्याविद् प्रा डा पदमप्रसाद खतिवडाले २०५८ ज्येष्ठ नागरिकसम्बन्धी नीति र २०६३ मा कानुन आइसकेको उल्लेख गर्दै नेपालले नीतिगत तहमा उदाहरणीय काम गरेको बताउनुभयो ।

पूर्वराजदूत उदयराज पाण्डेले समूह र परिवारमा सँगै बस्दा सम्मान, प्रेरणा र सुरक्षा प्रदान गरिनुपर्नेमा जोड दिनुभयो । जनसङ्ख्या अध्येता चेतन अधिकारीले सञ्चारमाध्यमले राजनीतिक विषयलाई बढी महत्व दिँदा ज्येष्ठ नागरिकका विषय ओझेलमा परेको विश्लेषण गर्नुभयो ।

प्रतिष्ठनका कार्यकारी निर्देशक डा दीपेन्द्र श्रेष्ठले दुईदिने सम्मेनलनका निष्कर्षलाई समापनसत्रमा घोषणापत्रका रूपमा सार्वजनिक गरिने जानकारी दिनुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन गरिएको उक्त सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वउद्योगमन्त्री केशवप्रसाद बडाल, पूर्वशिक्षामन्त्री रघुजी पन्तलगायत सहभागी हुनुहुन्थ्यो । ‘ज्येष्ठ नागरिकको अनुभव लिऔँ, सभ्य समाजको निर्माण गरौँ’ भन्ने नाराका शनिबार सम्मेलन सुरु भएको थियो ।