५ श्रावण २०८३, मंगलवार
,
Latest
बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु



अ+ अ-

काठमाडौं ।अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा विस्फोटमा कम्तीमा ११ जना घाइते भएका छन् ।

स्थानीय अधिकारीहरूले उक्त जानकारी दिएका हुन् । बिस्केन खाडी क्षेत्रमा रहेको हलओभर स्यान्डबार नजिक यात्रु बोकेको एक चार्टर डुङ्गामा अचानक विस्फोट भएको हो ।

फ्लोरिडा वन्यजन्तु तथा जलस्रोत संरक्षण आयोगकी प्रवक्ता मेलिसा ब्रेभिकका अनुसार विस्फोट डुङ्गामै भएको थियो । मियामी–डेड अग्नि उद्धार विभागले दिउँसो १२ बजेर ४८ मिनेटमा ‘सम्भावित डुंगा विस्फोट’ भएको सूचना प्राप्त गरेको जनाएको छ ।

घटनास्थल मियामी बीच नजिकको लोकप्रिय पर्यटकीय क्षेत्र रहेको बताइएको छ । उद्धार टोली घटनास्थलमा पुग्दा धेरै घाइतेहरूलाई तत्काल उपचार आवश्यक परेको थियो ।

घाइतेहरूलाई नजिकका अस्पतालहरूमा उपचारका लागि पठाइएको अधिकारीहरूले बताएका छन् । विस्फोटको कारण हालसम्म खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान जारी रहेको जनाइएको छ ।