४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

बालेनसँग किन बिच्किइन् ‘एकताकाकी आमा’ ?

बालेनसँग किन बिच्किइन् ‘एकताकाकी आमा’ ?
अ+ अ-

काठमाडौँ । फागुन २१ गतेको चुनाव सम्पन्न भयो । हुन पनि यति शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भयो कि कतै बन्दुक त के लौरो पनि उचाल्नुपरेन ।

यसरी प्रतिनिधिसभाको निर्वाचन त लाग्छ, यो नै पहिलो पटक सम्पन्न भयो होला । न कतै झैझमेला न कतै झडपका समाचार । न कतै चुनाव नै रद्द गरेर अर्काे पटक गराउनुपर्ने ।

यो त भयो भयो, चुनाव रद्द गरिपाउँ भनेर कतै पनि अदालतमा मुद्दा परेन । समस्या कतै देखा परेन । त्यस अनुसारका जस पनि सरकारले पायो । प्रधानमन्त्री सुशीला कार्कीले त देशैभरि वाहवाही पाइन् । देशैभरि उनको सफलताको चर्चा पनि भयो ।

यसै मेसोमा त्यसबेला फेसबुकमा सुशीलाको प्रसंशा गरे वर्तमान प्रधानमन्त्री बालेन शाहले पनि । उनले भनेका थिए— आमा तिमी महान छ्यौ, यस्तो अबस्थामा पनि देशलाई बचायौ ।

त्यस लगत्तै बालेन प्रधानमन्त्री भए गएको चैत १३ गते । रास्वपाले झण्डै झण्डै दुई तिहाई बहुमत ल्यायो र बालेनको क्रेज थामिनसक्नुको बन्न पुग्यो । प्रधानमन्त्रीको सपथ लिँदै गर्दा शीतल निवासमा बालेनको आकर्षणको कुरा गर्दा पनि अचम्म लाग्छ । उनको चर्चा नै बेग्लै । अनि बालेनले कस्तो कपडा लगाउँछन्, कसरी उपस्थित हुन्छन् र के कसो गर्छन् भन्ने चासो धेरैको थियो ।

प्रधानमन्त्रीले को सँग बोल्छन्, को कोसँग हात मिलाउँछन् भन्ने कौतुहलताकै बीचमा प्रधानमन्त्री कालो पोशाकमा प्रस्तुत भए, तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीलाई गम्ल्याङ्ग अँगालो हाले । त्यस दृश्यले निवर्तमान हुनै लागेका प्रधानमन्त्री र भावी प्रधानमन्त्रीका बीचको सम्बन्धलाई राम्रैसँग दर्शाएको थियो ।

तर प्रधानमन्त्री बालेनले महान आमा भनेर स्टाटस लेखेको, यता प्रधानमन्त्री रहेकी तिनै आमालाई अँगालो हालेको २ महिना पनि कटेको छैन, यता सुशीला आमाले बालेको विरोध बडो चर्काे स्वरले गर्न थालिसकेकी छिन् ।

तीन दिन अघि संवैधानिक परिषदले प्रधान न्यायाधीशमा डा मनोज शर्मालाई नियुक्तिका लागि सिफारिश गरेपछि सुशीला कार्की बढी बिच्किएको देखिएको छ । परिषदले वरिष्ठता तथा पहिलो बरियतामा रहेकी सपना प्रधान मल्ललाई सिफारिस नगरेर चौथो बरियताका शर्मालाई सिफारिस गरेपछि उनी बढी बिच्किएको देखिएको छ ।

यस विषयमा त उनले प्रतिक्रिया नै दिइन् र सामान्य न्यायिक ज्ञान समेत प्रधानमन्त्रीसँग नरहेको टिप्पणी नै गरिन् । उनले न्यायालयलाई प्रधानमन्त्रीले आफ्ना कब्जामा राख्न खोजेको सम्म भनिन् । यसले प्रधानमन्त्री र सुशीला कार्कीबीचको सम्बन्ध यति चाँडै बाहिर आयो कि सपनालाई सिफारिस नगरे लगत्तै उनी बम्कन लागिन् ।

त्यसो त उनको सरकारले राष्ट्रियसभाको रिक्त एक सदस्य पदमा तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेकी थिइन् तर राष्ट्रपतिले नियुक्त गरेनन् । उनले आफ्नै छोरीलाई राष्ट्रियसभामा पठाउन चाहेर त्यो सिफारिस लत्याइदिए । अर्याल त्यो पदमा योग्य व्यक्ति थिए नै, त्यति शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराएकोले उनलाई त्यो पद दिँदा राम्रो हुन्थ्यो पनि ।

त्यतिबेला त राष्ट्रपतिले नै नगरेर रोकियो, तर अहिले पनि बालेन सरकारले उनलाई गर्नुपथ्र्याे नि । त्यो पनि गरेन । यस विषयमा सुशीलाले पनि बालेनलाई सम्झाएको स्रोत बताउँछ । तर, त्यसलाई बालेनले नटेरेपछि पनि सुशीला थप रिसाएको अनुमान कतिपयको छ ।

अहिले सुशीला कार्की सरकारसँग यति धेरै रिसाएको देखियो कि उनले आफूलाई मार्नका लागि बालेनले एउटा गु्रप नै पठाएको सम्म भन्न भ्याइन् । उनले भनेकी छिन्— आफू प्रधानमन्त्री हुँदा यो गरिदे र उ गरिदे भनेर मलाई धम्काउन मान्छे पठायो, अन्तिममा ड्रोन खसालेर मारिदिने सम्मको धम्की दिए । तर म निडर भएरै बसेँ ।

यदि सुशीलाको यो खुलासा सही हो भने प्रधानमन्त्रीमाथि गम्भीर प्रश्न उठाउन मिल्छ । किनभने मुलुकको बहालवाला प्रधानमनत्रीलाई मार्नका लागि वर्तमान प्रधानमन्त्रीले ग्रुप नै पठाएको हो भने त त्यसको प्रामाणिकता पनि परीक्षण हुनुपर्दछ ।

अहिले सारा नेपाली यही प्रश्न गर्दैछन् हिजोका खुब मिल्ने यी दुई आज अकस्मात किन यसरी बिच्किएका छन् ? बालेनकी ‘एकताकाकी आमा’ यसरी बिच्किने कारण अहिले बाहिर आएजस्तै हो कि अरु नै केही छ ?