३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा

म्यानचेस्टर सिटीको शानदार जित, उपाधि दौडमा आर्सनलमाथि दबाब कायम

म्यानचेस्टर सिटीको शानदार जित, उपाधि दौडमा आर्सनलमाथि दबाब कायम
अ+ अ-

म्यानचेस्टर । म्यान्चेस्टर सिटीले शनिबार रातिको खेलमा ब्रेन्टफोर्डलाई ३–० ले पराजित गर्दै इङलिस प्रिमियर लिग उपाधि दौडमा अग्रस्थानमा रहेको आर्सनलमाथि दबाब कायम राखेको छ।

एतिहाद स्टेडियममा दोस्रो हाफमा जेरेमी डोकु, एर्लिङ हालान्ड र ओमार मारमाउसले गोल गरेपछि दोस्रो स्थानको सिटीले शीर्षस्थानको आर्सनलसँगको दूरी दुई अंकमा झारेको हो। यो जितसँगै सिटीले ३५ खेलबाट ७४ अंक जोडेको छ भने आर्सनलले पनि समान खेलबाट ७६ अंक जोडेको छ ।

आज राति आर्सनलले वेस्टह्याम युनाइटेडसँग खेल्दैछ । लिगमा आर्सनलले तीन खेल खेल्न बाँकी छ । यी तीनै खेल जिते आर्सनलले लिग उपाधि जित्नेछ ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओला सातौं प्रिमियर लिग उपाधिको दौडमा कायम रहेका छन्। खेलपछि ग्वार्डिओलाले उपाधि प्रतिस्पर्धाको दबाब आफूलाई मनपर्ने बताएका छन्। “मलाई यो अवस्था मनपर्छ। फेरि यही प्रतिस्पर्धामा रहन पाउँदा खुशी लागेको छ,” उनले भने।

ब्रेन्टफोर्डले लामो समयसम्म सिटीलाई रोक्ने प्रयास गरे पनि खेलको ६०औं मिनेटमा डोकुले शानदार गोल गर्दै खेलको दिशा परिवर्तन गरेका थिए। उनले दायाँ खुट्टाले प्रहार गरेको घुमाउरो सट पोस्टको कुनामा जाँदा सिटीले अग्रता लिएको थियो।

उता, लिभरपुलले चेल्सीसँग १–१ को बराबरी खेलेपछि अंक गुमाएको छ। एनफिल्डमा घरेलु समर्थकहरूले टोलीको प्रदर्शनप्रति असन्तुष्टि जनाएका थिए।

त्यस्तै, तेस्रो स्थानको म्यान्चेस्टर युनाइटेडले सन्डरल्यान्डसँग गोलरहित बराबरी खेल्यो भने बोर्नमाउथ र ब्राइटनले महत्वपूर्ण जित निकाले। एजेन्सी