३१ श्रावण २०८३, आईतवार
,
Latest
देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रस्तावित प्रधानन्यायाधीश विरूद्ध उजुरी दिन संसदीय सुनुवाइ समितिको आह्वान



अ+ अ-

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्ति गर्न उपयुक्त नभएको ठान्ने व्यक्तिलाई उजुरी दिन आह्वान गरेको छ।

समितिले शुक्रबार सूचना जारी गर्दै स्पष्ट आधार र सबुत प्रमाणसहित १० दिनभित्र उजुरी दर्ता गर्न आग्रह गरेको हो। सूचना अनुसार उजुरी समितिको सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत दिन सकिनेछ।

समितिले उजुरी दिने व्यक्तिले आफ्नो नाम, थर, वतन र फोन नम्बर खुलाउनुपर्ने जनाएको छ। साथै, आवश्यक परे उजुरीकर्ताको नाम गोप्य राख्न सकिने व्यवस्था पनि गरिएको उल्लेख गरिएको छ।

सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई प्राप्त उजुरी तोकिएको समयभित्र संसदीय सुनुवाइ समितिको सचिवालयमा पठाइदिन समेत अनुरोध गरिएको छ।

ज्येष्ठताका आधारमा प्रधानन्यायाधीश नियुक्त हुने  विगतको परम्परा तोड्दै प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको संवैधानिक परिषदले चौथो बरियताका डा शर्मालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो । बरियताको पहिलो नम्बरमा न्यायाधीश सपना प्रधान मल्ल हुनुहुन्थ्यो ।

न्यायाधीश नियुक्तिमा रोलक्रम मिचिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । संसदीय सुनुवाई समितिमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमत रहेकाले सुनुवाई समितिले डा शर्माको नियुक्ति प्रस्तावलाई अस्वीकृत गर्ने सम्भावना क्षीण छ ।