८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साढे चार लाख मेट्रिक टन धान उत्पादन



अ+ अ-

कैलाली । यस वर्ष कैलाली र कञ्चनपुरमा गरी साढे चार लाख मेट्रिक टन धान उत्पादन भएको छ । यहाँस्थित कृषि ज्ञान केन्द्र भीमदत्तनगरले कैलालीमा तीन लाख ३३ हजार ७०० र कञ्चनपुरमा एक लाख ३० हजार ७२० मेट्रिक टन धान उत्पादन भएको जनाएको छ ।

कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामचन्द्र भट्टले विगत वर्षको तुलनामा यस वर्ष पनि धान उत्पादन भएको बताउनुभयो । “समयमा वर्षा नहुनुका साथै किसानले लगाएको गरिमा जातको धान नफल्दा धान उत्पादन घट्ने अनुमान गरेका थियौँ”, उहाँले भन्नुभयो, “तर गत वर्षकै तुलनामा उत्पादन भयो ।” सुदूरपश्चिम प्रदेशकै अन्न भण्डार मानिने कैलालीमा ७१ हजार हेक्टर र कञ्चनपुरमा ३८ हजार हेक्टरमा धान उत्पादन हुँदै आएको भट्टको भनाइ छ ।

“दुवै जिल्लामा गरी करीब ४० प्रतिशत भूमिमा मात्रै सिँचाइ सुविधा छ”, भट्टले भन्नुभयो, “अझै धेरै किसानले आकाशे पानीकै भरमा खेती गर्नुपर्ने बाध्यता छ ।” त्यसैगरी कैलाली र कञ्चनपुरमा करीब ७०० हेक्टर क्षेत्रफलमा लगाइएको गरिमा जातको धान नफल्दा किसान मर्कामा परेका छन् । “हामीले तथ्याङ्क सङ्कलन गरेर माथि पठाइसकेका छौँ”, ज्ञान केन्द्रका प्रमुख भट्टले भन्नुभयो, “बीउबिजन समितिले सिफारिससहित प्रतिवेदन सरकारलाई बुझाउने भनेको छ ।”

उहाँले यहाँका पीडित किसानलाई राहत दिने विषयमा सरकारले निर्णय गर्ने बताउनुभयो । कञ्चनपुरमा सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले महाकाली सिँचाइ आयोजना तेस्रो चरण र कैलालीमा रानीजमरा, कुलरिया सिँचाइ आयोजनाको निर्माण भइरहेको छ । कैलाली सुदूरपश्चिमको मात्रै नभई मुलुककै प्रमुख अन्न उत्पादन हुने जिल्लामा पर्छ ।