२४ भाद्र २०८३, बुधबार
,
Latest
युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

साढे चार लाख मेट्रिक टन धान उत्पादन



अ+ अ-

कैलाली । यस वर्ष कैलाली र कञ्चनपुरमा गरी साढे चार लाख मेट्रिक टन धान उत्पादन भएको छ । यहाँस्थित कृषि ज्ञान केन्द्र भीमदत्तनगरले कैलालीमा तीन लाख ३३ हजार ७०० र कञ्चनपुरमा एक लाख ३० हजार ७२० मेट्रिक टन धान उत्पादन भएको जनाएको छ ।

कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामचन्द्र भट्टले विगत वर्षको तुलनामा यस वर्ष पनि धान उत्पादन भएको बताउनुभयो । “समयमा वर्षा नहुनुका साथै किसानले लगाएको गरिमा जातको धान नफल्दा धान उत्पादन घट्ने अनुमान गरेका थियौँ”, उहाँले भन्नुभयो, “तर गत वर्षकै तुलनामा उत्पादन भयो ।” सुदूरपश्चिम प्रदेशकै अन्न भण्डार मानिने कैलालीमा ७१ हजार हेक्टर र कञ्चनपुरमा ३८ हजार हेक्टरमा धान उत्पादन हुँदै आएको भट्टको भनाइ छ ।

“दुवै जिल्लामा गरी करीब ४० प्रतिशत भूमिमा मात्रै सिँचाइ सुविधा छ”, भट्टले भन्नुभयो, “अझै धेरै किसानले आकाशे पानीकै भरमा खेती गर्नुपर्ने बाध्यता छ ।” त्यसैगरी कैलाली र कञ्चनपुरमा करीब ७०० हेक्टर क्षेत्रफलमा लगाइएको गरिमा जातको धान नफल्दा किसान मर्कामा परेका छन् । “हामीले तथ्याङ्क सङ्कलन गरेर माथि पठाइसकेका छौँ”, ज्ञान केन्द्रका प्रमुख भट्टले भन्नुभयो, “बीउबिजन समितिले सिफारिससहित प्रतिवेदन सरकारलाई बुझाउने भनेको छ ।”

उहाँले यहाँका पीडित किसानलाई राहत दिने विषयमा सरकारले निर्णय गर्ने बताउनुभयो । कञ्चनपुरमा सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले महाकाली सिँचाइ आयोजना तेस्रो चरण र कैलालीमा रानीजमरा, कुलरिया सिँचाइ आयोजनाको निर्माण भइरहेको छ । कैलाली सुदूरपश्चिमको मात्रै नभई मुलुककै प्रमुख अन्न उत्पादन हुने जिल्लामा पर्छ ।