४ भाद्र २०८३, बिहीबार
,
Latest
६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ नागरिक बचाउ महाअभियानका १२ बुँदे माग : ऋण मिनाहादेखि राजनीतिक मुद्दा खारेजीसम्म बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल सुनचाँदीको मूल्य ह्वात्त बढ्यो कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबारदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान



अ+ अ-

काठमाडौँ। आगामी सोमबारदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन हुने भएको छ ।

सरकारले सोमबारदेखि जेठ १ सम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाइ सप्ताह सुरु गर्न थालेको हो ।

त्यसका लागि सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गनिर्देशन २०८३ समेत जारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत सुवर्ण बज्राचार्यले जानकारी दिनुभयो ।

सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण कायम गर्र्न र सरसफाइसम्बन्धी आचारण विकास गर्न सरसफाइ सप्ताह सञ्चालन गर्न थालिएको उहाँले जानकारी दिनुभयो ।

सप्ताह सञ्चालन गर्न सबै सङ्घ, प्रदेश र स्थानीय तहलाई पत्राचार गरिसकेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा सोमबार बिहान ८ः३० बजे वीर अस्पतालबाट सरसफाइ सप्ताहको शुभारम्भ गरिने मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

सोही समयमा देशैभरिका सबै अस्पतालमा पनि सरसफाई सप्ताह  शुभारम्भ हुने र सप्ताहभरि दैनिक रूपमा सरसफाइमा सहभागी हुन आग्रह गरिएको उहाँले बताउनुभयो ।

सरसफाइ सप्ताह सञ्चालनका लागि बनाइएको मार्गदर्शनमा तोकिएका सूचक अनिवार्य पूरा गर्नुपर्ने छ । कार्यालय सरसफाइ मापन, शौचालय तथा स्वच्छता मापन, शैक्षिक संस्था र सार्वजनिकस्थलको सरसफाइ, क्यान्टिन तथा भान्साघर स्वच्छता, फोहर व्यवस्थापन मापन, सेवाग्राही अनुभव मापन, संस्थागत दिगोपन मापन सूचक कायम गरिएकाले तिनको पालना गर्न आग्रह गरिएको छ ।  रासस