११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
अ अ+ अ-

मुस्ताङ। मुस्ताङस्थित नेपाली सेनाको इन्द्रबक्स गणले निलगिरि हिमालजस्तो उचाइमा प्रतिकूल मौसम र हिमपातका कारण हुनसक्ने प्राकृतिक विपद्को समयमा गर्नुपर्ने खोज तथा उद्धारको अभ्यास गरेको छ ।

निलगिरि हिमनदी उचाइमा अवस्थित रहेकाले सम्भावित प्राकृतिक विपद्मा गर्नुपर्ने खोज तथा उद्धार अभ्यास आयोजना गरिएको इन्द्रबक्स गणले जनाएको छ ।

इन्द्रबक्स गणद्वारा आयोजित अभ्यासको अन्तिमदिन शुक्रबार मुस्ताङको घरपझोङ गाउँपालिका–५ ड्रमक्याम्पमाथिको निलगिरि हिमालको फेदीमा खोज तथा उद्धार अभ्यास सम्पन्न गरिएको हो । प्रतिकूल मौसम, हिमपातकालगायत प्राकृतिक विपद्मा निलगिरिसहित हिमनदीमा केही फसेमा तत्काल उद्धारका लागि अभ्यास आयोजना गरिएको इन्द्रबक्स गणका प्रमुख सेनानी गौरवध्वज खाँडले बताउनुभयो । उहाँका अनुसार इन्द्रबक्स गण, सैनिक उच्चशिखर शिक्षालय र मनाङको भैरव गुल्मका सैनिकले खोज तथा उद्धारको नमूना अभ्यास गरेका हुन् ।

प्रमुख सेनानी खाँडका अनुसार मुस्ताङ र मनाङका ५५ जनाभन्दा बढीले हिमाली क्षेत्रमा आइपर्ने प्राकृतिक विपद्सम्बन्धी खोज तथा उद्धार अभ्यासमा सहभागिता जनाएका हुन् । उहाँले २३ नंं बाहिनी अड्डा बागलुङका बाहिनीपति सहायकरथी विजय केशीको उपस्थितिमा समुद्री सतहबाट चार हजार ३०० मिटर उचाइमा अवस्थित निलगिरि हिमनदीको खोचमा अभ्यास गरेको जानकारी दिनुभयो ।

अभ्यासस्थलमा सैनिक उच्चशिखर शिक्षालयका महासेनानी सुशिल प्याकुरेल र इन्द्रबक्स गणका गणपति प्रमुख सेनानी खाँडसहितको उपस्थिति थियो । नेपाली सेनाद्वारा आयोजित यसप्रकारको अभ्यासमा सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म हेडक्वाटर जोमसोम, जिल्ला प्रहरी कार्यालय मुस्ताङ र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधिहरूको पनि सहभागिता थियो ।

विगतमा हुड्हुड चत्रवातका कारण यहाँका कैसाङ हिमनदी इलाकामा पर्यटक हिमपात र हिमआँधीमा फसेका परिदृष्यलाई आधार बनाएर मुस्ताङका सुरक्षा निकाय, स्थानीय तह, विभिन्न सङ्घसंस्था तथा सरोकार भएका निकायलाई सहभागी गराई खोज तथा उद्धार अभ्यास सम्पन्न गरिएको प्रमुख सेनानी खाँडले उल्लेख गर्नुभयो ।

डोरीको सहायताले झुन्डिएर खोचमा फसेका पदयात्री तथा शवलाई बाहिर निकाल्ने कृतिम अभ्यास गरिएको थियो । कैसाङ हिमनदी क्षेत्रको उचाइमा बेपत्ता भएका पर्यटक तथा पदयात्रीको खोजीका लागि नेपाली सेनाका दुई वटा तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिएको प्रमुख सेनानी खाँडले जानकारी दिनुभयो ।

यसअघि अभ्यासको पहिलोदिन मुस्ताङको जोमसोमस्थित सैनिक क्याम्प नजिकैको पहाडमा खोज तथा उद्धार अभ्यास गरेको थियो । उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी, अत्यधिक चिसो र भौगोलिक विकटताका कारण हुने सम्भावित जोखिम तथा दुर्घटना न्यूनीकरणका साथै खोज तथा उद्धारकार्यलाई सहज बनाउने उद्देश्यले इन्द्रबक्स गणले यसप्रकारको नमूना अभ्यास आयोजना गरेको जनाएको छ । रासस