१२ श्रावण २०८३, मंगलवार
,
Latest
पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण लमजुङ र मनाङका जनप्रतिनिधिबाट डुम्रे–बेसीशहर–चामे सडकको संयुक्त अनुगमन झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

भृकुटीमण्डपमा साउथ एशिया ट्रेड फेयर–आर्थिक विकास र सहकार्यको नयाँ गन्तव्य (फोटो फिचर)



अ+ अ-

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा गत बिहीवारदेखि ‘साउथ एसिया ट्रेड फेयर’ (दक्षिण एशियाली व्यापार मेला) जारी छ ।

दक्षिण एशियाली राष्ट्रहरूका विभिन्न उत्पादन तथा सेवाको प्रवद्र्धन गर्ने, बजार सम्भाव्यताको अध्ययन गर्ने र क्रेता–विक्रेताबीच सहकार्य विस्तार गर्ने मुख्य उद्देश्यका साथ यो मेला आयोजना गरिएको हो ।

मेलामा दक्षिण एशियाली मुलुकका उद्योग, व्यापार तथा सेवासम्बन्धी विविध उत्पादनहरू प्रदर्शनीका लागि राखिएका छन् ।

आयोजककाअनुसार प्रदर्शनीमा कपडा तथा रेडिमेड सामग्री, सौन्दर्य सामग्री, हस्तकलाका वस्तु, सवारीसाधन तथा पार्टपुर्जा, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि र घरेलु उपकरणलगायतका सामग्रीहरू उपलब्ध छन् ।

प्रदर्शनीका साथै व्यापारिक भेटघाट (बिजनेस मिट), फुड फेस्टिभल, रक्तदान कार्यक्रम तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू समेत सञ्चालन गरिने जानकारी दिइएको छ ।

मेलाले नेपालमा लगानी तथा व्यापार विस्तारका नयाँ सम्भावनाहरू सिर्जना गर्ने विश्वास लिइएको छ । मुलुकमा लामो समयदेखि सुस्त रहेको व्यापारिक वातावरण र लगानीगत अनिश्चिततालाई तोड्दै निजी क्षेत्रलाई सक्रिय बनाउन यो मेलाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

वैशाख २८ गतेसम्म सञ्चालन हुने यस मेलामा आयोजक राष्ट्र नेपालसहित भारत, बङ्गलादेश, भूटान, पाकिस्तान, अफगानिस्तान, श्रीलङ्का र माल्दिभ्सका उद्यमी तथा व्यवसायीहरूको सहभागिता रहेको छ ।

तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल