१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजै फेरि बस्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक



अ+ अ-

काठमाडौं । राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा रहेको नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज दिउँसो फेरि बस्ने भएको छ। आज बिहान बसेको बैठकले दुई एजेन्डामा छलफल गरेको थियो । 

शुक्रबार दिउँसो एक बजे दुइटा अन्य पार्टीहरू माओवादी केन्द्रसँग एकीकरण हुन लागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन्।नेकपा मसालबाट छुट्टिएर बनेको दल र अर्को एउटा दल माओवादीसँग एकीकरण हुन लागेका हुन्।

बिहानको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय सम्मेलनमा पेस गर्न लागेको प्रस्ताव पेस गरेका थिए ।माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ देखि काठमाडौंको कमलादीमा  हुँदैछ ।