११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

आइतबार काठमाडौँमा ‘गीतामैत्री मिलन’ कार्यक्रम हुँदै

आइतबार काठमाडौँमा ‘गीतामैत्री मिलन’ कार्यक्रम हुँदै
अ अ+ अ-

काठमाडौँ। श्रीमद्भगवद् ‘गीता पढौँ, पढाऔँ र जीवनमा लगाऔँ’ भन्ने नाराका साथ आइतबार ‘गीतामैत्री मिलन’ कार्यक्रमको आयोजना हुँदैछ ।

नेपालको सांस्कृतिक इतिहासको संरक्षण गर्दै सुसंस्कृत र समुन्नत राष्ट्र निर्माण गर्ने उद्देश्यका साथ आयोजना हुने उक्त कार्यक्रममा गीता परिवारका संस्थापक स्वामी गोविन्ददेव गिरीबाट श्रीमद्भागवत गीता अध्ययनको महत्त्वबारे विशेष प्रवचन हुनेछ ।

त्यसअघि कमलादी गणेशस्थानबाट शोभायात्रा निस्कने र प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने कार्यक्रममा भगवद्गीता अध्ययन र साधनाका विषयमा प्रवचन हुने संस्था सचिव रामप्रसाद अधिकारीले जानकारी दिनुभयो । विंस २०७७ मङ्सिरमा स्थापित गीता परिवार नेपालले कोरोना सङ्क्रमणको समयमा स्वयम् सेवाका माध्यमबाट प्रभावित व्यक्तिलाई उत्पे्ररणासहित भोजनका लागि आर्थिक सहयोग प्रदान गरेको थियो ।

संस्थाले बालबालिकामा नैतिक मूल्यको बिजारोपण गर्न ‘बाल संस्कार वर्ग’मार्फत उनीहरूको शरीर, मन र बुद्धिको विकास गर्ने, अनलाइनमार्फत निःशुल्क गीताका श्लोक सिकाउने, व्याकरणसहित शुद्ध उच्चारणको अभ्यास गर्ने/गराउने कार्य गर्दै आएको छ । उक्त संस्थाले ‘घरघरमा गीता हाम्रो अभियानः गीता पढौँ, पढाऔँ जीवनमा लगाऔँ’भन्ने कार्यक्रम अभियानकै रूपमा सञ्चालन गरिरहेको छ ।

गीता परिवारले भगवद्भक्ति, श्रीमद्भगवद्गीता, मातृभूमि, विज्ञाननिष्ठा र स्वामीविवेकानन्दको आदर्शलाई आत्मसात गर्दै विभिन्न कार्यक्रम गर्दै आएको छ । हाल उक्त संस्थाका ५०० स्वयंसेवी र १५ हजार सदस्य रहेको अध्यक्ष सारिका अग्रवालले जानकारी दिनुभयो ।

विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवाग्राहीलाई १४ भाषामार्फत श्रीमद्भगवद् गीताको अध्ययन, साधना र अभ्यास गराउँदै आएको गीता परिवारले नेपालमा आध्यात्मिक जागरण अभियानलाई अघि बढाइरहेको छ ।रासस