२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस

नौ महिनामा १४ लाख चिनियाँ स्मार्टफोन नेपाल भित्रिए

नौ महिनामा १४ लाख चिनियाँ स्मार्टफोन नेपाल भित्रिए
अ अ+ अ-

काठमाडौं: नेपाली बजारमा चिनियाँ र भारतीय स्मार्टफोन (मोबाइल) सर्वाधिक लोकप्रिय रहेको पाइएको छ । भन्सार विभागको तथ्याँक अनुसार, चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा नेपाल भित्रिएका मोबाइल मध्ये झण्डै ८४ प्रतिशत हिस्सा चिनियाँ मोबाइलको छ ।

विवरण अनुसार, चीनबाट १४ लाख १० हजार स्मार्टफोन नेपाल भित्रिएका छन् भने भारतबाट २ लाख ५६ हजार स्मार्टफोन नेपाल आएका छन् ।

नेपालमा अमेरिका, अस्ट्रेलिया, कोरिया, जापान, पश्चिम एसियाका देशहरु, भियतनाम समेतका दर्जनौं देशबाट स्मार्टफोन आउने गरेका छन् ।

सरकारले मोबाइलको आयातबाट करिब रु. ६ अर्ब ३१ करोड भन्सार राजश्व संकलन गरेको छ । विदेशबाट आयातित यी मोबाइलको मूल्य रु. ३३ अर्ब ८२ करोड रहेको भन्सार विभागले जनाएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा पनि नेपाल भित्रिएका कूल २१ लाख ८४ हजार थान मोबाइल मध्ये चिनियाँ मोबाइलको आयात सबैभन्दा बढी थियो । विवरण अनुसार, चीनबाट एक वर्षको अवधिमा १७ लाख ५१ हजार स्मार्टफोन नेपाल भित्रिएका थिए । दोस्रो स्थानमा रहेको भारतबाट ४ लाख २४ हजार थान मोबाइल नेपाल आएका थिए ।

करिब रु. ३५ अर्ब ५५ करोड मूल्यका यी मोबाइलको आयातबाट नेपालले करिब रु. ६ अर्ब ६३ करोड राजश्व संकलन गरेको थियो ।

चीनबाट साओमी, भिभो, ओप्पो, होनोर, रियलमी लगायतका ब्रान्डका सस्ता मोबाइल नेपाल भित्रिने गरेका छन् भने भारतबाट सामसुङ, वानप्लस, साओमी लगायतका ब्रान्डका मोबाइल नेपाल आइरहेका छन् । पछिल्लो समय भारतबाट आइफोन समेत भित्रिने गरेको छ ।

आइफोन, सामसुङ लगायतका उच्च मूल्यका मोबाइल भने अन्य देशबाट नेपाल भित्रिने गरेको छ ।

यसबाहेक, सेलुलर नेटवर्कमा प्रयोग हुने अन्य टेलिफोन सेट पनि चीन र भारतबाट सबैभन्दा बढी नेपालमा आयात भएका छन् । नौ महिनाको अवधिमा चिनियाँ टेलिफोन सेट ५ लाख ७७ हजार र भारतीय २ लाख ८५ हजार सेट नेपाल भित्रिएका छन् ।

भन्सार विभागको तथ्याँक अनुसार, नेपाल भित्रिने सबै प्रकारका इलेक्ट्रोनिक्स सामानहरुमा चीन अग्रस्थानमा रहेको छ भने भारतको बजार हिस्सा दोस्रोमा रहेको छ ।