११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

हस्तकलाका सामग्री बनाएर ९० महिला स्वरोजगार

हस्तकलाका सामग्री बनाएर ९० महिला स्वरोजगार
तस्बिर : सिराज खान
अ अ+ अ-

टीकापुर। कैलालीको टीकापुर र भजनीको थापापुरमा गुडिया, जनावरका आकृति बनाएर ९० बढी महिला स्वरोजगार भएका छन् ।

महिलाहरूले साँझ विहान घरको काम गरेर दिउँसोको समयमा हातले गुडिया, विभिन्न जनावरका आकृति बनाएर मासिक रु १० हजारदेखि २० हजारसम्म कमाउन थालेका छन् ।

कैलालीको भजनी–६ थापापुरका जनक चौधरीले ह्यान्डी काफ्ट उद्योग सञ्चालन गर्नुभएको छ । एक वर्ष काठमाडौँमा काम सिक्नुभएका जनकले गत वर्ष टीकापुर र थापापुरमा उद्योग खोल्नुभएको हो । जनक र उहाँका मामा मिलेर सञ्चालन गरेको उद्योगका लागि आवश्यक कच्चापदार्थ विदेशबाट झिकाउँदै आउनुभएको छ । “धागो, ऊन, सियो, म्याटलगायत केही सामग्री यही स्वदेशमै पाइन्छ”, उहाँ भन्नुहुन्छ, “केही सामग्री व्यापारीको सहयोगमा विदेशबाट समेत मगाउने गरिएको छ ।”

यहाँ हात्ती, भेडा, एन्जल परी, स्पट परी, कुकुरलगायतका जनावर र चराका आकृति बनाइएका छन् । यी सामग्री झोला, बस, कारका अघि झुन्ड्याउन प्रयोग हुने गर्दछन् । यी सामग्री बनाउन सिलाई र सरसफाइ कार्यमा टीकापुरमा मात्रै ६० र थापापुरमा ३० महिला काम गरिरहेका छन् । अझै कामदार महिलाको अभाव भएको जनकको भनाइ छ । उद्योगमा रु २० लाख लगानी गरिएको छ । “माग पुर्‍याउन सकिएको छैन, हामीले सयौँ महिलालाई रोजगारी दिने योजना बनाएका छौँ, खेतीपातिको समयमा कामदार अभाव हुन्छ”, उहाँले भन्नुभयो, “काम गर्न चाहने महिला सबैले रोजगारी पाउने छन् ।”

विभिन्न आकर्षक खालका ह्यान्डीक्राफ्ट देशका विभिन्न सहरसहित विदेश निर्यात हुने गरेका बताइएको छ । यहाँ काम गर्ने कतिपय महिलाहरूले दिनभरि उद्योगमै बसेर काम गर्छन् भने कतिपयले घरमा लगेरसमेत सामग्री निर्माण गर्ने गरेका छन् । महिलाले कामअनुसार आम्दानी लिने गरेका छन् ।

फुर्सदको समयलाई सदुपयोग गर्दै काम गर्न मिल्ने र आम्दानी पनि हुने गरेकाले सहज भएको गौलौरीकी राममती चौधरीले बताउनुभयो । घरको काम भ्याएर आउने गरेको र महिनामा रु १५ हजारसम्म आम्दानी गर्दै आएको उहाँ बताउनुहुन्छ । “पहिला ज्यालादारीको काम गर्थे, टीकापुरमै उद्योग खुलेको छ भन्ने जानकारी पाएपछि काम खोज्न आए, अहिले सहज भएको छ”, राममतीले भन्नुभयो, “घरको काम पनि भ्याउने, फुर्सदमा कमाइ पनि हुने, एक/दुई घण्टामात्रै गर्छु भने पनि काम पाइन्छ ।”

अधिकांश महिलाहरू ज्यालादारी गर्नुभन्दा उद्योगभित्रै बसेर काम गर्न पाउँदा खुसी छन् । राधा चौधरीले पनि घरको काम भ्याएर, बच्चा विद्यालय छोडेर आउनुहुन्छ, महिनामा १० हजारसम्म कमाउनुहुन्छ । “बेरोजगार थिए, बच्चालाई विद्यालय छोडेपछि केही काम थिएन”, उहाँले भन्नुभयो, “स्थानीय ठाउँमा उद्योग खुलेपछि हामीजस्ता महिलालाई काम र दाम दुवै पाइएको छ ।”

प्रतिमा चौधरीलाई पनि आफ्नै गाउँठाउँमा काम पाउँदा खुसी लागेको छ । काठमाडौँमा समेत काम गरेकी प्रतिमालाई आजभोलि घरमै बसेर काम गर्न सहज भएको छ । “म घर छाडेर पहिला यही काम काठमाडौँमा गर्थे, यहाँ उद्योग खोलेपछि यही फर्के”, उहाँले भन्नुभयो, “दैनिक कामका आधारमा कमाइ हुन्छ, कहिलेकाहीँ दिनको रु एक हजारसम्म पनि कमाउने गरेकी छु ।”

महिलाहरू घरखर्च चलेको र आफूलाई अप्ठ्यारो परेका बेला आर्थिक समस्यासमेत टर्ने गरेकाले खुसी भएका छन् । यसरी स्थानीय महिलालाई रोजगारीका अवसर सिर्जना गर्ने गरी उद्योग सञ्चालन हुनु महिलाका लागि रोजगारीको अवसर भएको स्थानीय पवी रावलले बताउनुभयो ।

उहाँले महिलाहरू आयआर्जनमा जोडिएमा उनीहरूको जीवन समृद्ध बन्ने भएकाले महिलाले सीप सिक्नु र आयआर्जनका कार्यमा लाग्नुपर्ने बताउनुभयो । रासस