११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

अझै बनेन पालिका घर, जग्गा जुटाउन चन्दाको भर

अझै बनेन पालिका घर, जग्गा जुटाउन चन्दाको भर
अ अ+ अ-

बागलुङ। स्थानीयतह गठनको नौ वर्ष पग्दासमेत यहाँका केही पालिकाले भाडाकै घरबाट कार्यालय सञ्चालन गरिरहेका छन् ।

बागलुङको जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र गलकोट नगरपालिका आफ्नै भवन तयार नहुँदा भाडाको घरबाट सञ्चालन गर्न बाध्य भएका हुन् ।

पाँच वर्ष पहिले सुविधासम्पन्न भवन निर्माण थालेका जैमिनी नगरपालिका र गलकोट नगरपालिकाको भवन निर्माणमा निर्माण व्यवसायीको ढिलासुस्तीका कारण समस्या छ । जिल्लाका अन्य सात स्थानीय तहका भने आफ्नै सुविधासम्पन्न भवन छन् ।

निर्माण थालेको पाँच वर्षमा समेत भवन नबन्दा पालिकाको सेवा प्रवाहनै प्रभावित बनेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । मासिक लाखौँ रुपैयाँ भाडा तिरेर व्यक्तिको साँघुरो घरबाट सेवा प्रवाह गर्न बाध्यता रहेको उहाँले बताउनुभयो ।

सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोला गाउँपालिकाले प्रशासनिक भवन बनाउन नौ वर्षको प्रयासपछि जग्गा प्राप्ती गरेको छ । विभिन्न सङ्घसंस्थाले चन्दा सङ्कलन गरेर पालिकाको प्रशासनिक भवन बनाउन जग्गा खरिद गरिएको हो ।

बिहुँकोट समाज जापान, बिहुँकोट विकास मञ्च र जापान समाज बिहुँकोटलगायतका सङ्घ संस्था र स्थानीयवासीसँग चन्दा सङ्कलन गरेर काठेखोला गाउँपालिका–६ बिहुँको आमपाटामा छ रोपनी जग्गा खरिद गरिएको वडा अध्यक्ष तथा जग्गा व्यवस्थापन समितिका संयोजक बृहस्पति शर्मा कँडेलले जानकारी दिनुभयो ।

प्रतिरोपनी रु सात लाखका दरले रु ४२ लाखमा छ रोपनी जग्गा खरिद गरिएको हो । स्थानीय चार जनाको जग्गा खरिद गरिएको र केही जग्गा स्थानीयले निःशुल्क उपलब्ध गराएको कँडेलको भनाइ छ । “चार वर्षको प्रयासपछि सबै प्रक्रिया पु¥याई गाउँपालिकालाई सरकारी प्रयोजनार्थ जग्गाधनी–पुर्जा हस्तान्तरण गरियो”, संयोजक कँडेलले भन्नुभयो ।

लामो समयको अथक प्रयासपछि गाउँपालिकाको प्रशासनिक भवन बनाउन जग्गा प्राप्ति भएको पालिका अध्यक्ष राजु थापाले बताउनुभयो । जग्गा प्राप्तिमा भूमिका खेल्ने र निःशुल्क जग्गा उपलब्ध गराउने दाताप्रति गाउँपालिकाले आभार व्यक्त गरेको छ । “जग्गा प्राप्ति र केन्द्रको विवाद टुङ्गिएको छ, अब छिट्टै प्रदेश र सङ्घीय मन्त्रालयको प्रक्रिया पुर्‍याएर प्रशासकीय भवन बनाउने काममा लाग्छौँ”, अध्यक्ष थापाले भन्नुभयो ।

काठेखोलाको १७ औँ गाउँसभाको तेस्रो बैठकले सर्वसम्मत निर्णय गर्दै गाउँपालिकाको प्रशासनिक भवन आमपाटामा निर्माण गर्ने निर्णय गरेको थियो । राजनीतिक दलबीच असहमति र स्थानीयको असहयोगका कारण लामो समयदेखि पालिकाको केन्द्र काठेखोला–२ को अक्षते कि वडा नं ६ को आमपाटा भन्ने विवाद लामो समय चल्यो ।

सर्वदलीय बैठकले अक्षते र सुल्डाँडालाई प्रशासनिक केन्द्र मान्ने र भवन आमपाटामा बनाउने सहमति जुटाएपछि १७ औँ गाउँसभामा सर्वसम्मत निर्णय गरिएको हो । हरेक वर्ष रु सात लाख बढी घरभाडा तिर्दै आएको पालिकाले अहिले भीमसेन मविको भवनबाट सेवा दिइरहेको छ ।रासस