११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

प्रगतिशील सङ्गीत उत्सवः नौ बुँदे घोषणापत्र जारी

प्रगतिशील सङ्गीत उत्सवः नौ बुँदे घोषणापत्र जारी
अ अ+ अ-

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा रोल्पाको थवाङमा हालै सम्पन्न प्रगतिशील सङ्गीत उत्सवले समाजमा नकारात्मक सन्देश फैलाउने सङ्गीतको जालो चिनुपर्ने भन्दै २०८३ नौ बुँदे थवाङ घोषणापत्र जारी गरेको छ ।

यही वैशाख १९ र २० गते भएको उक्त उत्सवपछि तयार पारिएको नौ बुँदे घोषणपत्र प्रतिष्ठानले काठमाडौँमा सार्वजनिक गरेको हो ।

‘प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि’ भन्ने नाराका साथ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र रोल्पा कला साहित्य प्रतिष्ठानको सहआयोजनामा सम्पन्न प्रगतिशील सङ्गीत उत्सव–२०८३ मा देशभरिबाट सहभागी प्रगतिशील सङ्गीतकर्मीको कार्यशालापछि अन्तिम रुप दिएर घोषणापत्र सार्वजनिक गरिएको प्रतिष्ठानकी तत्कालीन सदस्यसचिव कुष्मा महरा प्रगतिले बताउनुभयो ।

उहाँका अनुसार घोषणपत्रले देशव्यापी रूपमा फैलिएको नकारात्मक सन्देश दिने, अश्लिल, छाडा र भद्दा सङ्गीतको जालोलाई चिर्न योजनाबद्ध ढङ्गले सशक्त तरिकाले प्रयत्नशील रहने उद्घोष गरेको छ ।

नेपालका प्रगतिशील सृजना सरल, लोकप्रिय र स्तरीय बनाउन सबै कलाकारहरूले व्यक्तिगत, सामूहिक र संस्थागत रूपमा प्रयास गर्ने, राष्ट्र र जनताका लागि परिवर्तन ल्याउन, सुशासन र समृद्धिको पक्षमा सिर्जनात्मक भूमिका खेल्न प्रतिबद्ध रहने घोषणापत्रमा उल्लेख छ ।

देशलाई सम्मुनत बनाउन अहिले विकास भइरहेका विज्ञान, प्रविधि र सूचना सञ्चारलाई सङ्गीतसहित मानव जीवनका विभिन्न आयाममा अधिकतम उपयोग गर्न प्रयत्नशील रहने, नयाँ पुस्तालाई देश र जनताप्रति आकर्षित गराउँदै उल्लेख्य सहभागिता गराउने, राज्यका कामलाई जनमुखी र उत्तरदायी बनाउन प्रगतिशील सङ्गीतकर्मी र तिनका सृजनालाई राज्यका विभिन्न निकायमा सहभागिताका लागि पहल गर्ने घोषणापत्रमा भनिएको छ ।

जारी घोषणापत्रमा सबैखाले वैदेशिक हस्तक्षेपका विरुद्ध राष्ट्रिय स्वाधिनताको पक्षमा उभिने उल्लेख छ । प्रगतिशील सङ्गीत उत्सव सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि देश र जनताका लागि प्रगतिशील सङ्गीतकर्मीले अझै सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाली समाजको प्रगतिशील परिवर्तनका लागि चलेका विभिन्न चरणका आन्दोलनमा प्रगतिशील कलाकारले निर्वाह गरेका भूमिको स्मरण गरिएको महराले बताउनुभयो । रासस