१२ श्रावण २०८३, मंगलवार
,
Latest
एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्यायः कहिलेसम्म लाग्दैन शुल्क ? सुकुम्बासी व्यवस्थापनबारे सांसद पौडेललाई मेयर आचार्यको जवाफः ‘जनतालाई भ्रमित नपार्नुहोस्’ पोखराको पर्यटन सुरक्षा सुदृढ बनाउन प्रहरी र व्यवसायीबीच छलफल ‘माईतीघर डुबानको मुख्य कारण प्राकृतिक जलाशयको विनाश, ढलको अतिक्रमण र टुकुचाको उल्टो चाप’
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्रोतमै वर्गीकरण गरेपछि घट्यो बञ्चरेडाँडा लैजाने फोहर



फाईल फोटो
अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले स्रोतमा फोहरको  वर्गीकरण गर्ने कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन ल्याएसँगै अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडा लैजाने फोहरको मात्रा घटेको छ ।

कामपाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार बञ्चरेडाँडाको आयु बढाउनका लागि कामपाले स्रोतमा फोहरको वर्गीकरण र व्यवस्थापनको कार्य थालनी गरेको हो ।

अहिले कामपाबाट दैनिक १५ ट्रक फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको उहाँले जानकारी दिनुभयो । यसअघि वर्गीकरणबिना सबै फोहर लैजाँदा कामपाबाट दैनिक २० ट्रक अन्तिम व्यवस्थापनस्थल जाने गरेको थियो ।

फोहर वर्गीबरण गर्दा सहरी सरसफाइ सेवालाई प्रभावकारी बनाउँदै आयआर्जन हुन सक्ने ठाउँमा आयमूलक कार्यक्रमलाई प्राथमिकता दिन थालिएको प्रमुख राईले बताउनुभयो । कामपाले घरेलु फोहरलाई व्यवस्थित रूपमा विसर्जन गर्न ३२ वटा वडालाई सात क्षेत्रमा विभाजन गरेको छ ।

हरेक क्षेत्रमा एक÷एक वटा फोहरमैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहर व्यवस्थापनका लागि ‘मेटेरियल रिकभरी’ सुविधा सञ्चालन गर्ने लक्ष्य राखिएको वातावरण व्यवस्थापन विभागका प्रमुख राईले उल्लेख गर्नुभयो । उहाँका अनुसार आय ठेक्का कार्यविधि, २०७९ बमोजिम प्रतिस्पर्धीमध्येबाट क्षेत्र न १ का लागि वडा नम्बर २, ३, ४, ५ र ७ पर्छन् ।

त्यस्तै, क्षेत्र नम्बर २ मा वडा नम्बर १, ११, २८, २९ र ३० पर्छन् भने क्षेत्र नम्बर ३ मा ६, ८ र ९ पर्छन् । क्षेत्र नम्बर ४ मा वडा नम्बर १६, १७ र २६ र क्षेत्र नं ५ मा वडा नम्बर १३, १४ र १५ तोकिएको वातावरण व्यवस्थापन विभागका प्रमुख राईले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर १०, ३१ र ३२ समेटेर क्षेत्र नम्बर ६ तोकिएको छ । बाँकी रहेका अन्य वडा क्षेत्र नं सातका लागि तोकिएको उहाँको भनाइ छ ।

फोहरमैलालाई स्रोतमा वर्गीकरण गरिँदै मात्रा न्यूनीकरण गर्न, पुनःप्रयोग, पुनःचक्रीय प्रयोग र विसर्जन कार्यलाई क्षेत्रगत आधार व्यवस्थापन गर्न सहज हुनुका साथै सोका लागि फोहरमैला सङ्कलन र ढुवानीसम्बन्धी कार्यविधि, २०८१ जारी गरेर कार्यान्वयनमा ल्याइएको छ ।

यसमा सार्वजनिक निजी साझेदारी वा निजी क्षेत्रसँग सेवा खरिद गरेर वा आय ठेक्काको प्रक्रियाबाट समुदायमा भएको फोहरमैला सङ्कलन ढुवानी गर्न कार्यविधि जारी गरिएको कामपाको वातावरण व्यवस्थापन विभागले जनाएको छ । रासस