१२ श्रावण २०८३, मंगलवार
,
Latest
एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्यायः कहिलेसम्म लाग्दैन शुल्क ? सुकुम्बासी व्यवस्थापनबारे सांसद पौडेललाई मेयर आचार्यको जवाफः ‘जनतालाई भ्रमित नपार्नुहोस्’ पोखराको पर्यटन सुरक्षा सुदृढ बनाउन प्रहरी र व्यवसायीबीच छलफल ‘माईतीघर डुबानको मुख्य कारण प्राकृतिक जलाशयको विनाश, ढलको अतिक्रमण र टुकुचाको उल्टो चाप’
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनको चेर्नोबिल क्षेत्रमा विशाल डढेलोे



अ+ अ-

किएभ। चेर्नोबिल आणविक उर्जा केन्द्र वरपरको बहिष्करण क्षेत्रमा विशाल क्षेत्रमा डढेलो लागेको छ । डढेलोका कारण चेर्नोबिल आणविक प्लान्ट जोखिममा परेको छ ।

एक हजार १०० हेक्टर क्षेत्रमा फैलिएको वनमा लागेको डढेलो नियन्त्रणबाहिर रहेको युक्रेनी अधिकारीले बताएका छन् ।

“कडा हावा, सुख्खा मौसम र बारुदी सुरुङहरू रहेकोले उक्त क्षेत्रमा आगो निभाउने प्रयासमा उल्लेखनीय बाधा पुगेको र आगो द्रुत गतिमा फैलिरहेको छ,” युक्रेनी राष्ट्रिय आपतकालीन सेवाले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ।

आगो नियन्त्रणका लागि राज्यले आपतकालीन सेवाका एकाइ र अन्य निकायका कर्मचारीहरूलाई खटाएको छ ।

गृह मन्त्रालयका अनुसार स्थानीय समयअनुसार बिहान ११ बजेसम्म युक्रेनमा विकिरणको अवस्था भने स्थिर रहेको छ । डढेलोका कारण ‘गामा’ विकिरणको स्तर सामान्य सीमाभित्र छ। डढेलो समाचार तयार पार्दासम्म नियनत्रणमा आउन सकेको छैन ।

किएभबाट ११० किलोमिटर उत्तरमा रहेको चेर्नोबिल आणविक ऊर्जा केन्द्र सन् १९८६ को अप्रिल २६ मा इतिहासकै सबैभन्दा भयानक आणविक दुर्घटनाको स्थल थियो। प्लान्ट वरपरको ३० किलोमिटर क्षेत्रलाई पछि बहिष्करण क्षेत्रको रूपमा तोकिएको थियो।(रासस/एएफपी)